२४ आश्विन २०८३, शनिबार
बेलबासे उप मेयरमा नियुक्त

  • टाइम्स संवाददाता

  • १४ जेष्ठ २०८३, बिहीबार १५:१६

लण्डन :  रश्मोर बरो काउनसिल फार्नबरोमा सन २०२६/२०२७ को लागि जीब नारायण बेलबासे उप मेयरमा नियुक्त भएका छन्। रश्मोर बरो काउन्सील फान्बोरोको बार्षिक बैठकको कार्यक्रमको एजेन्डा अनुसार नव नियुक्त मेयरले काउन्सीलर जीब नारायण बेलबासेलाई उपमेयरको प्रस्ताब ल्याए पछि उनी उपमेयरमा चयन भएका थिए। समुदायको विकास,सेवा र सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबध्दता ब्यक्त गर्दै मेयरको प्रस्तावमा कन्जरभेटिभ पार्टीको काउन्सिलरहरुले जिब बेलबासेलाई उपमेयरमा समर्थन जनाउदै बेलबासेको कार्यबिधि र योगदानको बारेमा बोल्दै उपमेयरका लागि उपयुक्त उमेदवार भयको शिफारिश गर्दा काउन्सीलरहरु सबैबाट समर्थन भै उपमेयर चुनिनु भयको थियो। काउन्सीलरबाट उपमेयर घोषणा कार्यक्रममा नेपाली समुदायबाट काउन्सिलर उत्तर गुरुङ,ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पुर्व अध्यक्ष राम चन्द्र गुरुङ ,महा सचिव सुनिल राना र अमिता बेलबासे लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो। अर्घाखाँचीको खिल्जीमा जन्मिएका बेल्वासे ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष समेत हुन्।

 

त्यस्तै गरी बेलायतमा गैरआवासीय नेपाली संघ यूकेका पूर्व प्रवक्ता जीव बेल्वासे रशमोर बरोको उपमेयरमा नियुक्त भएका हुन्। उनी मई महिनाको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा मनोर पार्क वार्ड क्षेत्रबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए। उप मेयर जीव बेल्वासे नेपालब्रिटेन डटकमद्वारा “चर्चित १० व्यक्ति” सूचीमा समावेश भै”मिडिया पर्सनालिटी अफ द इयर”अवार्डद्वारा सम्मानित थिय। साथै,उनलाई यस वर्ष बीबीसी ससेक्स र सर्रेले ‘बीबीसी कम्युनिटी हिरो अवार्ड’ बाट पनि सम्मानित गरेको थियो। स्थानीय काउन्सिलको सिफारिसका आधारमा समाजप्रति पुर्‍याएको योगदानको मूल्यांकन गरेर उक्त अवार्ड दिइने गरिन्छ। नव नियुक्त उपमेयर बेलबासेले आफुलाई विस्वास गरि यो पद दिएकोमा निरन्तर काम गर्ने प्रतिबद्दता जनाउंदै समर्थनका लागि पनि आफु र परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नु भयको थियो।

Nabintech