कोहलपुर : बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने भेरीगंगा नगरपालिका–५ स्थित भवानी माध्यमिक विद्यालयमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्व सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। स्थानीय समुदायमा वन्यजन्तुप्रति सकारात्मक सोचको विकास गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।मानव र वन्यजन्तु द्धन्द्ध न्युनिकरणको लागी भेरीगंगा नगरपालिका वडा न ५को वडा कार्यालयको सहकार्यमा युथ मिडिया हवले कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि भेरीगंगा नगरपालिका वडा नं. ५ का वडा सदस्य गोरखबहादुर खड्का ले पछिल्लो समय मानव र वन्यजन्तुबीचको सहअस्तित्व आजको आवश्यकता भएको उल्लेख गर्दै वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले वन्यजन्तुको संरक्षणसँगै स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्न वडाले जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।


कार्यक्रममा मध्यवर्ती क्षेत्रभित्रमा रहेका विद्यालयका विद्यार्थी, सामुदायिक वन उपभोक्ता समूहसँग आबद्ध महिला तथा पुरुष, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा ४३ जना सहभागी रहेको थियो ।
कार्यक्रममा छिन्चु मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष युवराज महरा युथ मिडिया हवले बस्तीस्तरमा आएर बाघ हात्ती र चितुवाको जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बिषयमा संचालन गरेको कार्यक्रमले वन जंगलमा आश्रित समुदायको लागी महत्वपुर्ण जानकारी प्राप्त भएको बताउनु भएको थियो । त्यसै गरि सिरेनी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोन्द्र महराले अब सिकेका कुरालाई ब्यवाहारमा लागु गरेर वन्यजन्तुको जोखिमबाट सुरक्षित हुनु पर्नेमा जोड दिनु भएको थियो । चिउरीबास सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भद्रबहादुर वलीले यस्ता कार्यकमलाई निरन्तरता दिनु पर्ने बताउनु भएको छ ।

श्री भवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मानबहादुर खड्काले यो कार्यक्रमले बिद्यार्थीहरुलाई बिद्यालय आउदा जाँदा कसरी वन्यजन्तुबाट सुरक्षित रहने भन्ने बिषयमा पुर्ण ज्ञान प्रदान गरेको हुदा यस्ता कार्यक्रम बिद्यालयस्तरबाट गरिएको घन्यबाद समेत दिनु भएको थियो । सिरेनी–चिउरीगैरा टोल विकास संस्थाका अध्यक्ष विष्णुबहादुर बिष्ट मध्यवर्ती क्षेत्रका बासिन्दाले संरक्षणमा महत्वपुर्ण योग्दान पुराएको हुदा मध्यवर्ती क्षेत्रका कार्यक्रमबाट स्थानीयलाई पहिलो प्रथमिकतामा राख्दै उनीहरुको जीविकोपार्जनका कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनुभ एको थियो । निकुन्जको बस्तीमा आएर सचेतनामुलक कार्यक्रमले यहाँका नागरिकहरुलाई संरक्षणको महत्वससगै वन्यजन्तुको जोखिमबाट पनि सुरक्षित रहनेको लागी सिप प्रदान गर्नुले सकरात्मक सन्देश प्रवाह भएको बताउनु भएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको अवस्थामा यस्ता जनचेतनामूलक कार्यक्रमले स्थानीय समुदायलाई सुरक्षित रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने बिश्वास लिएको छ। वडा कार्यालयले वन्यजन्तुको संरक्षण र स्थानीय समुदायको सुरक्षाबीच सन्तुलन को लागी यो कार्यक्रम फलदायि हुने बिश्वास लिएको छ ।
कार्यक्रमका प्रशिक्षक हुमहरी भट्टराई ले मानव–वन्यजन्तु द्वन्द्वका कारण, त्यसबाट उत्पन्न हुने जोखिम तथा सम्भावित दुर्घटनाबाट कसरी सुरक्षित रहने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा वन्यजन्तु देखिएमा अपनाउनुपर्ने सावधानी, जंगली जनावरको आक्रमणबाट बच्ने उपाय, वन क्षेत्रमा प्रवेश गर्दा पालना गर्नुपर्ने सुरक्षा मापदण्ड तथा वन्यजन्तुसँग अनावश्यक रूपमा नजिक नजाने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी, वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण, वन विनाश न्यूनीकरण, वातावरणीय सन्तुलन कायम राख्न स्थानीय समुदायको भूमिका तथा वन्यजन्तुप्रति जिम्मेवार व्यवहार अपनाउनुपर्ने विषयमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो। प्रशिक्षण अन्तक्र्रियात्मक शैलीमा सञ्चालन गरिएको हुँदा सहभागीहरूले आफ्ना जिज्ञासा राख्दै स्थानीय स्तरमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए।
सहभागीहरूले कार्यक्रमबाट मानव–वन्यजन्तु द्वन्द्वका कारण, त्यसबाट जोगिने उपाय तथा वन्यजन्तुसँग सहअस्तित्व कायम गर्ने व्यवहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका थिए। विशेषगरी विद्यार्थीहरूले वन्यजन्तु संरक्षणसँगै आफ्नै सुरक्षाका उपायबारे जानकारी पाएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।



आयोजक पक्षले यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय समुदायमा वन्यजन्तुप्रति सकारात्मक सोचको विकास हुनुका साथै द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। भविष्यमा पनि मध्यवर्ती क्षेत्रका अन्य विद्यालय तथा समुदायमा यस्ता कार्यक्रम सञ्चालन गर्दै संरक्षण र सहअस्तित्वको अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिइएको छ।
कार्यक्रमले मानव र वन्यजन्तुबीचको सहअस्तित्वलाई व्यवहारमा उतार्न समुदाय, विद्यालय, सामुदायिक वन तथा स्थानीय सरकारबीच समन्वय र सहकार्य अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
ःःः








