काठमाण्डाै /अपडेट : पटक पटक पहिरोको कारण अवरुद्धहुंँदै आएको नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान २ बजेर ३० मिनेटदेखि भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो खसेको स्थान प्रहरी चौकी जुगेडीबाट ८ किलोमिटर मुग्लिनतर्फ पर्दछ । यो बाटो भएर दैनिक झण्डै २० हजार सवारी साधन ओहोरदोहोर गर्छन्।