७ आश्विन २०८१, सोमबार
दसैंको मुखमा ३० अर्ब कर्जा सापटी दिँदै राष्ट्र बैंक

  • टाइम्स संवाददाता

  • १३ आश्विन २०७९, बिहीबार १३:३०

काठमाडौं: नेपाल राष्ट्र बैंकले बजारको तरलता अभावको गर्जो टार्न ३० अर्ब रुपैयाँ सापटी दिने भएको छ । बैंकले असोज १३ गते, बिहीबार जारी हुनेगरी १४ दिनका लागि ३ सय करोड अर्थात् ३० अर्ब रुपैयाँ कर्जा सापटी दिने भएको हो ।

यस्तो सापटी बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई दिन लागेको हो । बैंकका अनुसार बिहीबार दिउँसो ३ बजे रिपो जारी हुनेछ । तरलता आवश्यक वा चाहने बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोडदेखि माथि ५ करोडले भाग गर्दा निःशेष भाग जाने पूर्ण रिपो बराबरको पैसा सम्मलाई माग आवेदन दिन सक्नेछन् ।
Nabintech