८ आश्विन २०८१, मंगलवार
कक्षपति र खत्री जिताउन कस्सिए पुर्वमन्त्री फत्तेसिंह थारु

राप्रपाका बरिष्ठ नेता थारु सोमबार दिनभर प्रदेशसभाका उम्मेदवार खत्रीसँगै बैजनाथ गाउँपालिकाका विभिन्न गाउँवस्तीमा


  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०७९, सोमबार १८:३५

 नेपालगञ्ज: बाँकेको निर्वाचन क्षेत्र नम्बर ३(१)मा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारद्धयलाई जिताउन बरिष्ठ राजनीतिज्ञ तथा पुर्व मन्त्री फत्तेसिंह थारुले मैदानमै कमाण्ड सम्हाल्नुभएको छ । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामा किस्मत कुमार कक्षपति र प्रदेशसभाका रत्न खत्री राप्रपाको समर्थनमा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।
राप्रपाका बरिष्ठ नेता थारु सोमबार दिनभर प्रदेशसभाका उम्मेदवार खत्रीसँगै बैजनाथ गाउँपालिकाका विभिन्न गाउँवस्तीमा पुग्नुभयो । केही दिनयता पुर्वमन्त्री थारुको प्रमुख आतिथ्यतामा प्रदेश ३(१)मा औपचारिक र अनौपचारिक कार्यक्रम भईरहेका छन् । सोमबार आयोजित विभिन्न कार्यक्रममा पुर्व मन्त्री थारुले एमाले उम्मेदवार खत्रीमा युवा जोश र जागर रहेको तथा क्षेत्रको विकासका लागि केही गरौं भन्ने सोच देखिएको बताउँदै एमाले र राप्रपाका संयुक्त उम्मेदवारहरुको विजय सुनिश्चित भएको बताउनुभयो ।
एमाले बाँके जिल्ला कमिटीका सचिव समेत रहेका उम्मेदवार खत्रीले प्रदेशको विकास र समृद्धिका लागि आफु उम्मेदवार बनेको बताउँदै अन्य पार्टीले पटक–पटक जनतामा असफल भईसकेका ब्यक्तिलाई जबरजस्ती मैदानमा उतारेको टिप्पणी गर्नुभयो । उहाँले निर्वाचनपछि प्रत्येक महिना गाउँ आउने र विकास र समृद्धिको विषयमा जनतासँग अन्तरक्रिया गर्ने बताउनुभयो ।
निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले प्रदेश कमिटीका सदस्य घननाथ खनालले पुर्वमन्त्री थारुको सक्रियताले संयुक्त चुनावी कार्यक्रममा थप रौनकता आएको बताउनुभयो । एमाले नेताहरु नन्द बिक, गुमान दमाई, मानवहादुर रुचाल, प्रेम सुवेदी, धर्मलाल रोकाय, राप्रपाका नेता ठाकुरसिंह थारु लगायतका नेताहरु सहित प्रदेशमा भेटघाट तथा घरदैलो चलिरहेको छ ।
Nabintech