८ आश्विन २०८१, मंगलवार
रबि लामिछाने कोहलपुर आउदै

हामी आएका छौं ब्यथिती सुधार्न, तपाईं भोट बदल्नुहोस्, हामी देश बदल्छौं


  • टाइम्स संवाददाता

  • १८ कार्तिक २०७९, शुक्रबार १३:१८

बांके,कोहलपुर: राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले यहि यहि कार्तिक २० गते कोहलपुरको न्युरोडमा  आयोजित सभालाई सम्बोधन गर्ने भएका छन । दिउसो साढे २ बजे गर्ने कार्यक्रको सम्पुर्ण तयारि पुरा भएको राष्ट्रिय स्वतन्त्र पार्टीका कोहलपुर नगर समितीका सचिव भरत पनेरुले कोहलपुर टाईम्सलाई जानकारी दिए ।

उनका अनुसार लामिछानेले गर्ने सम्बोधनलाई शान्तिमय बनाउन स्थानिय प्रसासनलाई समेत पत्राचार भई सकेको र उपस्थितीकालागि आम सर्बसाधारणलाई सुचना मार्फत सुसोचित गर्ने कार्य निरन्तर रहेको जनाए ।

हामी आएका छौं ब्यथिती सुधार्न, तपाईं भोट बदल्नुहोस्, हामी देश बदल्छौं, जस्ता आर्कषक नारा बोकेको पार्टिका सभापतिको मन्तब्य सुन्न कोहलपुरबासि आतुर रहेको सचिव पनेरुले भने । नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडने एबं मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी चुनावि सरगर्मिमा होमीएको छ ।

Nabintech