८ आश्विन २०८१, मंगलवार
नालिको बिचमा बिद्युतको पोल, फुटपातमा पार्किङ र निर्माण सामाग्रि

पार्किङ्ग गरिएका सवारी साधन र निर्माण सामाग्रिले गर्दा पैदल यात्रुलाई आवत जावत गर्न असहज


  • प्रमोद रिजाल

  • २२ कार्तिक २०७९, मंगलवार १६:०४

बांके, कोहलपुर: कोहलपुर नगरपालिका भित्र रहेका सडकहरु मर्मत सम्भार र स्त्तरोन्नती कछुवाको गतिमा हुदै गर्दा निर्माण गर्न लागिएका केहि योजनाहरु आफैमा हास्यास्पद तरीकाले बन्दै गरेको पाइएको छ । कोहलपुर ११ मा रहेको कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्था कार्यालय वरिपरीका भित्रिबाटाहरु अहिले मर्मतका क्रममा रहेका छन । खडका कन्ट्रक्सनले शुरु गरेको मर्मत तथा नालि निर्माणका क्रममा सो स्थानमा मुस्किलले दुई हाते नालिका बिचमा बिद्युतका पोल राखेर कार्य सम्पन्न भइरहेको छ । बिचमा पोल रहदा भोलिका दिनहरुमा नालि जाम हुने र पुननिर्माण गर्दा अहिलेको लगानि बालुवाको पानी हुने स्थानियबासिहरु बताउछन ।

नगरपालिकाले मुख्य सडकमा रहेका फुटपात पसल, पसलका बोर्ड तथा ठेला हटाउने कार्य सम्पन्न गरिरहदा फुटपातलाई निर्बाध रुपमा बटुवाले प्रयोग गर्न सक्ने भने बनाउन तर्फ कुनै चासो दिन सकेको छैन । कोहलपुरका भित्रिबाटाहरुमा र मुख्य सडकका फुटपाथहरुमा सार्बजनिक गाडि तथा निजि सवारि साधन पार्किङ गरिदिंदा पैदल हिडेर पसल सम्म जान सर्बसाधारणलाई असहज हुने गरेको छ ।
सडक छेउमा सडक अतिक्रमण गरि ठेला राख्ने कार्यमा केहि कमि आएको भएता पनि छरपस्ट रुपमा फुटपातमा गिट्टि, बालुवा,इटा र मोरङ्ग राखिदा पैदल मार्गको रुपमा रहेको फुटपात मार्ग प्राय ठप्प हुने गरेको छ । कोहलपुर ११ हरियालि मार्गमा रहेको थापा मेडिकल नजिक राखिएको निर्माण सामाग्रिले आवत जावतमा पुर्णरुपमा अबरोध गरेको छ ।

सडक अतिक्रमण गरी यसरी निर्माण सामाग्रि मात्र हैन निजि तथा सार्बजनिक सवारी साधन पनि फुटपातमै पार्किङ्ग गरी राख्ने परिपाटिको बिकास अहिले कोहलपुरमा हाबि हुदै गएको छ । रातीको समयमा झन फुटपाथमा गाडिलाई दुलहि जस्तै घुम्टो ओढाएर राखिएको हुन्छ स्थानिय ब्यापारी सन्तोष पौडेल भन्छन । गाडि राख्ने ठाउ पार्किङ गर्ने समेत ठाउ नहुनेले गाडि किन्ने रहर नगर्नु नि एक फुटपाथ पिडितले कोहलपुर टाईम्सलाई भने ।

पार्किङ्ग गरिएका सवारी साधन र निर्माण सामाग्रिले गर्दा पैदल यात्रुलाई आवत जावत गर्न असहज भएको मात्र नभई ग्राहकलाई पसलसम्म आउन र नीजहरुले प्रयोग गरेको सवारी साधन राख्न अप्ठयारो भएको छ जस्का कारण ब्यापार हुन सकेको छैन ग्राहक अन्तै जान बाध्य छन पुजा इलेक्ट्रोनिक्सका सहायक प्रोप्राइटर दिपक शर्मा दुखेसो पोख्छन ।

फुटपातलाई निजि प्रयोजनका लागी प्रयोग गरेको भन्दै वडा नं. ११ ले यस अघि प्रर्चा पम्पलेट गर्दै सुचना जारी गरेको र हटाउने अभियान चलाएको भएपनि जारी सुचनालाई कोहलपुरेहरुले पटक पटक लत्याउदै आएका छन । फुटपातमा हुने जताभाबि पार्किङ्गले दुर्घटना निम्तिने मात्र हैन हेर्दा समेत स्वच्छ र सफा देखिदैन पर्याबरणिय दृष्टिकोणले समेत यो राम्रो शोभा हैन राप्रपाका केन्द्रिय सदस्य हिक्मत बहादुर ढकाल बताउछन । उन्ले फुटपात खालि राख्ने पहिलो दायित्व उद्योगी, ब्यापारी र ब्यबसायीको रहेको भन्दै ढकालले जेब्रा क्रसिङ्गमा समेत पार्किङ्ग गरि राख्ने र अटेर गर्ने सवारी धनिलाई ट्राफिक प्रहरीले पनि निगरानिमा राख्नुपर्ने बताए ।

मुख्य सडक छेउछाउमा कुनै प्रकारको अबरोध हुनु हुदैन फुटपात प्रयोग गर्ने कस्तो बिडम्बना हो यसतर्फ सरोकारवाला सबैको चासो बढनुपर्छ ढकालले कोहलपुर टाईम्ससंगको कुराकानिमा भने ।

कोहलपुर चौराहादेखि त्रिभुवन मा.बि. सम्म फुटपातमा बस, जिप, निजि कार पार्किङ्ग गरि बाटो अबरोध गरेको प्रश्ट देखिन्छ ट्राफिक प्रहरी यो सडकमा सयौं पटक ओहरदोहर गर्छ तर कुनै सचेत बनाएको देखिदैन स्थानिय बसन्त जैसि बताउछन । यी सवारी साधनले फुटपात ओगटेर बस्दा बाटो हिडने बटुवा र साइकिल यात्रिले सास्ति खेप्नु परेको मात्र छैन आफनो निजि सवारी साधन घर लैजान र ल्याउन कठिन हुने गरेको र एम्बुलेन्सबाट बिरामी ओराल्न समेत असहज हुने गरेको कौशिल्या अस्पतालका निर्देशक  राम प्रसाद शर्मा बताउछन । कानुनको पालना गराउने मुख्य दायित्व नगरपालिका, वडा र नगर बिकास समितीको हो बाटो क्लियर हुनुपर्छ न्यौपाने थप्छन ।

Nabintech