९ मंसिर २०८१, आईतवार
नेपालगन्ज साइक्लोथन ५ औं मेयरकप साइकल दौड प्रतियोगिता सम्पन्न

  • टाइम्स संवाददाता

  • १० मंसिर २०७९, शनिबार १६:११

नेपालगन्ज: हरेक बर्ष आयोजना गरिदै आएको नेपालगन्ज साइक्लोथन ५ औं मेयरकप साइकल दौड प्रतियोगिता एकसमारोह बिच नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले फ्ल्याग अफ गरि शुरु भएको थियो। नेपालगन्ज साइक्लिङ क्लबको आयोजना र नेपालगन्ज उपमहानगर पालीकाको सहकार्यमा आयोजित प्रतियोगितामा विभिन्न ५ बिधाका साइकलका खेल समेटिएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो। ३५ किलोमीटर तर्फ एमटिभी पुरुष मा देव बहादुर बोहरा प्रथम , जङ्गु थारु दुत्तिय र शिवप्रसाद थारुले तृतीय स्थान मा आए भने २५ किलोमीटर एमटिभी महिलातर्फ रुपा थारु प्रथम, सीता सार्की दुत्तिय र्पार्वती सार्की तृतीय स्थानमा आउन सफल भए बिजेता सीता र पार्वती जुम्ल्याहा दिदिबहिनी हुन् ।

यसैगरी ४० बर्ष माथिको एमटिभी मास्टर समुहमा प्रतिस्पर्धा गर्दै दिपक मल्ल प्रथम , बाबुराम बिश्वकर्मा दुत्तिय र किरणप्रसाद श्रेष्ठ तृतीय भए। साधारण साइकल पुरुष तर्फ को उपाधी जित्दै रमेशकुमार थारु प्रथम , लिखनप्रसाद थारु दुत्तिय र जुगलाल थारुले तृतीय स्थान प्राप्त गरे भने साधारण साइकल महिला तर्फको उपाधी जित्दै इन्दिरा थारु प्रथम ,मिनाकुमारी थारु दुत्तिय र कल्पना सार्की तृतीय भए। आज भएको साइकलका इभेन्टमा सहोदर दिदिबहिनी कल्पना , सीता र पार्वती सार्कीले प्रतिस्पर्धामा जित निकाले। प्रतियोगितामा बिजेतालाइ नगद/ मेडल र प्रमाणपत्र कार्यक्रम का प्रमुख अतिथि नेपालगन्जका मेयर प्रशान्त बिष्टले प्रदान गर्नुभएको थियो भने एमटिभी पुरुष तर्फ का प्रथम / दुत्तिय र तृतीय लाई बिबि साइकल सेन्टर र महिला तर्फ नेपालगन्ज बाइसाइकल्स प्रालि ले विभिन्न जिन्सी उपहार प्रदान गरेको क्लबका सचीव तथा कार्यक्रम संयोजक प्रदीप सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रम क्लब का अध्यक्ष सतिश निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो , क्लबका तर्फबाट अध्यक्ष निरौलाले प्रतियोगितामा बिजेता सबभन्दा बधाईका साथै सरोकारवाला निकाय, सहयोगी सस्थाहरु र नेपाल प्रहरी लाई धन्यवाद समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जोडिएका सहयोगी दैनिक नेपालगन्ज , नेशनल प्याथ ल्याब, बिबि साइकल सेन्टर , नेपालगन्ज बाइसाइकल प्रालि , रक्षक सेक्युरिटीलाई समेत क्लबले बिशेष धन्यवाद दिदै साइक्लिङ लाई स्वास्थ्य , खेलकुद , पर्यावरण ,र पर्यटन सङ्ग जोडेर नियमित रूपमा काम गरिरहेको समेत क्लबका कोषाध्यक्ष राजेस गुप्ताले बताउनु भयो। प्रतियोगितामा सबै बिधामा गरि ६७ जना महिला / पुरुषले सहभागिता जनाएका थिए।

Nabintech