जुम्ला: जन्म र मृत्युको बेला दिइने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ। साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिँदै आइरहेको छ।
हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको तिला गाउँपालिका -९ का धनबहादुर बुढाले बताए। चालू आर्थिक वर्षको अहिलेसम्म ३ सय ११ जनालाई चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख निर्मल विष्टले बताए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३-७४ को नीति तथा कार्यक्रममा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटमा जिल्लाका स्थानीय वासिन्दालाई उक्त चामल र ढुवानी रकम प्रदान गर्ने निर्णय भएको थियो । सुरुमा कार्यक्रम सार्वजनिक गर्ने बित्तिकै चर्को विरोध भएको अहिले जन्म र मृत्युमा २० केजी चामल लिनेको संख्या निकै प्रभावकारी बन्दै गएको छ।