१० मंसिर २०८१, सोमबार
कोहलपुरमा एक बृद्धाको सडक दुर्घटनामा मृत्यु प्रकरण यस्तो भयो सहमति

पिडित पक्षलाई बिद्युत प्राधिकरणले नौ लाख क्षतिपुर्ति र निजका एक सन्तानलाई प्राधिकरणमा जागिर दिने सहमति भएको छ ।


  • बिकल भट्टराई

  • ३ पुष २०७९, आईतवार १३:५९

कोहलपुर नगरपालिका वडा न ११ कौसिल्या अस्पताल अगाडि शनिबार बाटो काट्ने क्रममा कोहलपुर बिधुत प्रधिकरणको गाडिले साझ ५२ बर्षिय महिला उषा गुरुङको घटना स्थलमै मृत्यु भएपछि कोहलपुरमा उत्पन्न तनाब एतिबेला सहमतिमा टुगिंएको छ । स्थानियहरु आन्दोलनमा उत्रिएपछि उक्त घटनाका पिडित र पिडक पक्षबिच आज ईलाका प्रहरी कार्यलयमा छलफल हुदा बिधुत प्रधिकरणले पीडित पक्षलाई ९ लाख रकम र मृत महिलाको छोरालाई बिधुत प्रधिकरणमा करारमा जागिर दिने सहमती भएको छ । यो सहमतिसंगै सबै बिरोधका कार्यक्रमहरु स्थगित भएको आन्दोलनकारी मध्यका अगुवा सुमन घिमिरेले कोहलपुर टाईम्सलाई बताए ।

 

Nabintech