काठमाडौं : नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह र नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानसहित गृह र पौडेल अर्थमन्त्री बन्ने भएका हुन्। श्रेष्ठलाई प्रचण्डले परराष्ट्रमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरेका थिए। उनले गृह वा अर्थमध्ये एकमा दाबी गरेका थिए।
उनीहरूले आजै अपराह्न चारबजे प्रधानमन्त्री प्रचण्डँगै शपथ लिने भएका छन्। पौडेल एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी हुँदैछन्। पौडेल अर्थमन्त्री बन्ने हल्ला बाहिरिएसँगै सेयर बजारमा उछाल आएको छ।
एमालेसहितको सात दलीय गठबन्धनले अन्य मन्त्रालयको विषयमा टुंगो लगाएको छैन। उक्त गठन्धनमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टील र जनमत पार्टी सहभागी छन्।