कोहलपुर, बांके: कोहलपुर नगरपालिकाद्धारा आयोजित अनतर मा.बि. उपमेयर कप क्रिकेट प्रतियोगिताको ट्रफि त्रिभुवन माध्यामिक बिद्यालय कोहलपुर १० ले हात पार्न सफल भएको छ । ५८ रनले त्रिमाबिले ज्ञानपुञ्जमाथी बिजय हासिल गरेका हो । टस जितेर ब्याटिङ रोजेको त्रिभुवन मा.बि.ले २० ओभरमा ५ बिकेट गुमाउदै १६६ रन बनाउन सफल भएको थियो । १५७ रनको लक्ष्यलाई पछ्याउदै सगरमाथा ज्ञानपुञ्जले ८ बिकेट गुमाएर ९८ रनमा सिमित हुदा ५८ रनले त्रिभुवन मा.बि. बिजयी भएको हो ।
विजयी त्रिभुवन माबिका छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरी, नगर प्रमुख पुर्ण प्रसाद आचार्य लगाएत अतिथीहरुले विजेता टिमलाई २१ हजार नगद तथा प्रमाण पत्र र ट्रफि तथा उप विजेता सगरमाथा ज्ञानपुञ्जका छात्राहरुलाई ११ हजार नगद तथा प्रमाण पत्र र ट्रफि बितरण गरेका थिए । प्रतियोगिताको प्लेर अफ द म्याच त्रिभुवन मा.बि. कै श्रुति बुढा भएकी छिन ।
कोहलपुर क्षेत्र अन्तरगतका बिद्यालयहरु मध्य ९ वटा मात्र बिद्यालय सहभागि छात्रा क्रिकेट प्रतियोगितामा उल्लेख्य मात्रामा बिद्यालयहरु सहभागिता हुन नसकेको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन ।
समापनका अबसरमा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले खेललाई बयबसायिक रुपमा लैजानुपर्ने धारणा ब्यक्त गरेकि छिन ।
अझै पनि गाउघरमा महिलाले पनि क्रिकेट खेल्ने हो र भन्ने गरेको भन्दै पुर्व नगर उप प्रमुख समेत रहेकी चौधरीले यस्तो मानसिकतालाई परिवर्तन गर्न ग्रामिण स्तरका बिद्यालयहरुमा छात्रा क्रिकेटलाई प्राथामिकतामा राखेर खेलाउदै समाजमा समेत छात्रा क्रिकेटबारे सचेतना फैलाउनुपर्नेमा जोड दिईन । छात्रा क्रिकेटका लागि आफुले सदनमा समेत आवाज उठाउने भन्दै प्रदेश सभा सदस्य चौधरीले निती निर्माण तहमा छात्रा क्रिकेटका लागि उचित ब्यबस्था गर्न प्रयासरत रहने बताईन ।
कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले छात्रा क्रिकेटलाई उत्सवका रुपमा लिनुपर्नेमा उत्साहजनक उपस्थिती समेत नभएको प्रति चिन्ता ब्यक्त गर्दै संस्थापक बिद्यालयहरु विजेता उपविजेता हुदा पनि शिक्षक अभिभावकहरुले चासोको रुपमा नलिनु दुखद भएको औंल्याए ।
शिक्षक नियुक्तिका लागि मात्र अतिरीक्त श्रोतको खाजि गर्ने बिद्यालयहरुले बालबालिकाको स्वास्थ्यमा समेत महत्व राख्ने खेल क्षेत्रलाई पनि अतिरिक्त श्रोत परीचालन गर्नुपर्नेमा जोड दिए ।
छात्रा क्रिकेटका लागि प्रयाप्त बजेट छुट्टयाउन नगर तत्पर रहेको भन्दै नगर प्रमुख आचार्यले आउदो निती तथा कार्यक्रममा समेटेर लैजाने प्रतित्रद्धता ब्यक्त गरे ।
कोहलपुर नगर खेलकुद विकास समितीको सञ्चालन ब्यबस्थापन तथा बांके जिल्ला क्रिकेट संघको प्राबिधिक सहयोगमा समेत सञ्चालित छात्रा क्रिकेट प्रतियोगिताको समापन समारोहमा लम्बिनी कर्णाली क्रिकेट संघका संयोजक दुर्गा बहादुर थापा, शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाई, प्याब्सन बांकेका अध्यक्ष यम बहादुर रावत लगाएत अतिथीहरुले छात्रा क्रिकेटका बारे आ आफनो धारणा राखेका थिए भने ५ औं अन्तर छात्रा क्रिकेट समापन समारोहमा राखेप सदस्य एल.बि क्षेत्रि, बांके क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, वडा अध्यक्षहरु विरेन्द्र शाह, हरसिंग कठाएत,कल्पना अधिकारी, डम्मर खडका, लाल बहादुर राना राजनैतिक दलका प्रतिनिधि, शिक्षक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कोहलपुर नगर खेलकुद विकास समितीका अध्यक्ष बुद्धि बहादुर थापाको स्वागत मन्तब्यसंगै प्रारम्भ भएको ५ औं छात्रा क्रिकेट प्रतियोगिताको सभापतित्व नगर उप प्रमुख संगिता सुबेदीले गरेकी थिईन । कार्यक्रमको सञ्चालन बिनोद भट्टराईले गरेका थिए ।