८ मंसिर २०८१, शनिबार
महोत्सवको तेस्रो दिन आठ लाखको टिकट बिक्रि ५० लाखको कारोबार

यस कुमारको मैले छोयको पानि चल्दैन बोलको गितले दर्शक दिर्घामा रुवाबासि भिडियो सहित


  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०७९, आईतवार २०:४४

कोहलपुर, बांके:कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रर्बद्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित कोहलपुरमा शुभारम्भ भएको लुम्बिनी महोत्सव २०७९ को तेस्रो दिन आज आईवार ८ लाख बराबरको प्रबेश शुल्क बिक्रि भएको छ भने महोत्सव स्थल भित्र ५० लाख बढिको कारोबार भएको आयोजक बाणिज्य संघ कोहलपुरको सचिवालयले जनाएको छ । शनिबारको तुलनामा यो बिक्रि करीब २० प्रतिशतले बुद्धि हो ।

आजको सहभागिता र प्रबेश शुल्क बिक्रिबाट आफुलाई थप प्रोत्साहन मिलेको उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुर टाईम्सलाई सम्क्षिप्त प्रतिक्रिया दिएका छन ।

उनले भोलि सोमबार पशुपति शर्मा, ज्योती मगर, रुबिना अधिकारी र सुबोध गौतम यउदुमे आउने कार्यक्रम रहे अनुरुप आयोजकले १० लाख बराबरको टिकट बिक्रि हुने अपेक्षा लिएको छ ।

आज आईतबार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बजेड प्रस्तुतीले दर्शक दिर्घामाझ भरपुर मनोरञ्जन दिएको सजिलै देख्न सकिन्थ्यो ।
गायिका राधिका हमालले चम्चा पिलेट क्याम्पस पढन आउने भन्ने बोलको गित प्रस्तुत गरिरहदा युवा युवतीहरु छेकबार नै उप्काउने गरि नृत्य गर्दै हमाललाई साथ दिएका थिए ।

प्रकाश दुतराजले लाहुर जाने रेलैमा देउरालिमा पर्खि बसे माया हल्का दारी बोलको गित प्रस्तुत गर्दा दर्शक दिर्घाको माहोल निकै तातिएको थियो ।

यस कुमारका गितले भावुक भएका दर्शकहरु उन्को तिमिले गाएको नआउ मेरो सामु तिमि मैले छोएको पानी चल्दैन भन्ने बोलको आधुनिक गितले दर्शकहरुका आखाहरुमा आशु टल्पलाउने बनाएको थियो । हे भिडियो

यस कुमारले मायाको डोली चढाई तुल्सि आगनमै रोपौंला जस्ता गित संगित पस्केर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
पहिलो र दास्रो दिनको तुलनामा तेस्रो दिन महोत्सवमा ब्यबस्थापन देखि केहि सुधार भएको पाईएको छ यद्यपी महोत्सवलाई सफल पार्न ब्यबस्थापन र मुल समिती अझ संबेदनशिल हुन जरुर ठानिएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन ५ देखि शुरु भएको महोत्सव १३ सम्म चल्ने छ । महोत्सवमा २५० स्टलहरु रहेका छन भने मुख्य प्रायोजक केएल दुगड रहेको छ । महोत्सवमा आफनो उदघोषणकला प्रस्तुत गर्दै उदघोषकहरु कोष खडका, कल्पना कार्कि र उमादेवी खनालले दर्शक आर्कषण गर्न बिभिन्न बिधा समेत बेला बेला पस्केका थिए ।

भिडियो

Nabintech