८ मंसिर २०८१, शनिबार
आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले यूएई सँग खेल्दै

  • टाइम्स संवाददाता

  • १७ असार २०८०, आईतवार ०७:२६

काठमाण्डौ: आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ । विश्वकप छनोटमा नेपाल समूह ए को चौथो स्थानमा रहेको थियो भने यूएईले समूह बी मा खाता पनि खोल्न सकेको थिएन ।

सुपर सिक्समा पुग्न नसकेका नेपाल र यूएईबीच सातौँ स्थानको लागि खेल हुन लागेको हो । नेपाल र युएईबीच अहिलेसम्म १४ वटा एकदिवसीय खेल भएकोमा नेपाल ८ खेलमा र यूएई ६ खेलमा विजयी भएका छन् । १० टोली सहभागी विश्वकप छनोटमा अमेरिका पुछार र आयरल्याण्ड आठौँ स्थानमा रहे ।

आजै विश्वकप छनोटको सुपर सिक्समा श्रीलंका र जिम्बावेले खेल्दैछन् । खेल दिउँसो पौने १ बजे हुनेछन् । हिजो स्कटल्याण्डसँग पराजित भएर वेष्ट इन्डिज बाहिरिएसँगै शीर्ष स्थानको श्रीलंका र दोस्रो स्थानको जिम्बावेले विश्वकप खेल्ने सम्भावना उच्च छ । तेस्रो स्थानको स्कटल्याण्ड्को पनि गणितीय सम्भावना कायमै छ ।

एकदिवसीय विश्वकपको इतिहासमा वेस्ट इन्डिज पहिलोपटक विश्वकपमा छनोट हुन नसकेको हो । वेष्ट इन्डिज दुई पटकको एकदिवसीय र टी–२० विश्व विजेता पनि हो ।

Nabintech