८ पुष २०८१, सोमबार
आखिर मुनाले किन रोजिन त मृत्युको बाटो (हेर्नुहोस प्रमाण)

खडकाको शोकमा आज स्ववियुले शोक शभा गर्ने


  • प्रमोद रिजाल

  • ३० श्रावण २०८०, मंगलवार ०९:५९

कोहलपुर,बाँके: बाँकेको कोहलपुर स्थित बागेश्वरी बहुमुखि क्याम्पस बिबिएस चौथो सेमस्टार अध्यनरत मुना खडकाले अन्तत्वगत्वा मृत्युलाई रोज्न पुगेकि छिन ।

सोमबार बिहान कलेज आएर घर फर्के लगतै मुनाले घरायसी प्रयोजनका लागि प्रयोग हुने बिष सेवन गरि मृत्यु रोजेकी हुन । कोहलपुर १४ आफनै घरमा बिष सेवन गरेको थाहा पाएपछि परीवारले उनलाई उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुरयाएका थिए तर उनको उपचारकै क्रममा निधन भएको उपचारमा संलग्न चिकित्सकहरुले घोषणा गरेका थिए ।

गणेश पाण्डे नाम गरेका ब्यक्तिले उनलाई सामाजिक सञ्जालमा बिभिन्न किसिमका मानसिक यातना दिंदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । आफनो बारेमा नराम्रो ब्यवहारजन्य घटनाहरु सामाजिक सञ्जालमा आउन थालेपछि अत्तालिएर खडकाले मृत्यु जस्तो भयंकर डरलाग्दो निर्णय गरेको हुन सक्ने पारीवारीक श्रोतले आशंका गरेको छ ।

केहि समय पहिले मुना र गणेशबिच सौहार्द वातावरणमा कुराकानि हुने गरेको भए पनि गणेश पाण्डे जापान पुगेपछि बिभिन्न बहानामा मुना खड्कालाई यातना, धम्की,डर देखाउदै आएपछि बाच्नुको विकल्पमा मृत्यु रोजेको आफन्तहरुको दावि छ आफन्तहरुले गणेश पान्डेलाई कानुनी दायरामा ल्याउन समेत माग गरेका छन्।

गणेश र मुना विच प्रेम सम्बन्ध रहेको समेत उनका सहपाटिहरुले आकलन गरेका छन । जापान पुगेका पाण्डेले मुनालाई धोका दिने उद्धेश्यले बिभिन्न बहाना बनाएर बेज्जत गर्ने खालका हर्कत गरेपछि उनले मृत्युको बाटो रोजेको हुन सक्ने बागेश्वरी बहुमुखि क्याम्पसमा अध्यनरत एक सहपाटिले बताएकी छिन ।

लामो समयदेखि बिधार्थी राजनीतिमा सक्रिय खडका बिधार्थीको हक हितमा आवाज उठाउदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा ने.बि.संघसंग संबद्ध रहेकि थिईन ।

मृत खडकाको शवलाई शिक्षण अस्पताल कोहलपुरबाट पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको छ भने उनको स्मृतीमा आज एक दिन बागेश्वरी बहुमुखि क्याम्पसमा बिदा गर्दै शोक सभाको आयोजना गरिएको स्ववियु अध्यक्ष देबेन्द्र बुढाले कोहलपुर टाईम्सलाई जानकारी दिएका छन ।

Nabintech