कोहलपुर,बाँके: यति बेला शिक्षैक बजारमा गणित र बिज्ञान बिषयका शिक्षक पाउन प्राय हम्य हम्य पर्ने गरेको छ । खुलाईएका बिज्ञापनमा समेत गणित बिज्ञानका शिक्षक नपाएर शैक्षिक संस्थाहरुले समेत सुचना पटक पटक निकाल्नुपर्ने अवस्था छ । भएका जनशक्ति केहि युरोप अष्ट्रेलिया पलाएन हुनेक्रम जारी छ भने केहि शिक्षा सेवा आयोग पास गरेर सरकारी बिद्यालयतर्फ गए पछि पछिल्लो समयमा गणित र बिज्ञान बिषय शिक्षकहरुको अभाव भएको निजि क्षेत्रका शैक्षिक अभियान्ताहरुले समेत आफनो अनुभव साटन थालेका छन ।
केहि बर्ष सम्म बाँकेमा नेपालगञ्ज स्थित महेन्द्र बहुमुखि क्याम्पसले स्नातकमा गणित बिज्ञान बिषयको अध्यापन गराउदै आएकोमा पछिल्लो समय दक्ष जनशक्ति अभाव र विद्यार्थीहरु समेत नहुदा गणित बिषयमा कक्षा सञ्चालन गर्न नसकेको तितो यर्थात हामीमाझ छ ।
यो परिबेश र अवस्थालाई चिर्दै जोखिम मोलेर भएपनि कोहलपुर ११ साझाचोकमा रहेको ज्ञान बहुमुखि क्याम्पसले बाँके बर्दियामै गणित बिषयका कक्षाहरु सञ्चालन गर्दै आएको छ । २०६६ सालमा स्थापना भएको यस कलेजले शैक्षिक बजारमा गणित बिषय शिक्षक अभावलाई थोरै भएपनि परिपुर्ति गर्ने उद्धेश्य लिएको क्याम्पसका क्याम्पस प्रमुख टेक बहादुर गुरुङ बताउछन ।
उनका अनुसार स्नातकमा शिक्षा संकायतर्फ गणित बिषयका अलावा अंग्रेजी,नेपाली, जनसंखया र स्वास्थ्य बिषयका समेत कक्षाहरु सञ्चालन हुने गरेका छन । कलेजमा हाल ७२५ जना बिद्यार्थीहरु अध्यनरत रहेको यस कलेजमा ३० जना प्राधयापकहरुले प्रध्यापन गर्छन भने कर्मचारीहरुको संख्या ६ जना रहेको छ । अन्य कलेजहरुमा लगानि कर्ता फरक र अध्यापन गराउने फरक ब्यक्तिहरु हुने गरेकोमा यस कलेजमा प्राध्यापकहरु आफै लगानिकर्ता हुन भने आफै प्रध्यापन गर्छन ।
२९ जना शेयर होल्डर रहेको यस कलेजले गर्ने भिन्न क्रियाकलापले समेत समाज परिवर्तनको पाटोलाई पछ्याउन खोजेको छ ।
बिभिन्न चेतनामुलक कार्यक्रमदेखि रोजगारका लागि निशुल्क परामर्श, लोक सेवा तथा शिक्षा सेवा आयोगका निशुल्क कक्षा समेत दिएर यस कलेजले आफनो छुट्टै कद बनाउन सफल भएको छ ।
ब्यबस्थापन तर्फ एकाउन्ट, फाईनान्स,मार्केटिङ,र स्टाटिजीकस अध्यापन हुने यस कलेज सैद्धान्तिक ज्ञान भन्दा ब्यवहारकि ज्ञानमा विश्वास गर्दै समय समयमा बिद्यार्थीहरुलाई जागरुक गराउने खालका उत्प्रेरणात्मक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको सहायक क्याम्पस प्रमुख तिलक के.सि. बताउछन ।
न्यु बागेश्वरी कलेज हुदै ज्ञान बहुमुखि क्याम्पसमा परिणत यस कलेजले निकट भविष्यमा बिबिए, बिआइटी, बिएसडब्लु र एमपिएका कार्यक्रम समेत लन्च गर्ने सोचमा रहेको सहायक क्याम्पस प्रमुख के.सि. दावि गर्छन । कणाली प्रदेश र सुदुरपश्चिमको मुख्यद्धार कोहलपुरको मुटु साझा चोकमा रमणिय तथा पारीवारीक वातावरणयुक्त भवनमा अध्यापन हुने यस कलेजले आफनो कलेजमा अध्यण गर्न आउने पिछडीएको क्षेत्र, वर्ग, लिंग र जातजातीलाई बिषेश सहुलियत, छात्रबृत्ती सहित स्नातक तहमा भर्ना खुल्ला भएको जनाएको छ ।