९ मंसिर २०८१, आईतवार
दृष्टिकोणमा प्रष्टता ब्यबहारमा ईमान्दारिता भए आटेको काम पुरा हुन्छ: संघिय सांसद ढकाल

कार्यक्रमको पहिलो दिनमै सात लाख साठि हजार बढि रकम संकलन, १ करोडको लक्ष्य


  • प्रमोद रिजाल

  • ३ भाद्र २०८०, आईतवार १९:०४

नरैनापुर,बाँके :नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र नं. १ का माननिय संघिय सांसद सुर्य प्रसाद ढकालले युवाहरुको दृष्टिकोणमा प्रष्टता ब्यबहारमा ईमान्दारिता भए जुनसुकै आँटेको काम फत्ते हुने बिचार ब्यक्त गरेका छन ।आज आईतवार बाँके नरैनापुरका युवाहरुले प्रस्तावित सन्तानेश्वर बहुमुखि क्याम्पस स्थापनार्थ आयोजित सरोकोवालाहरुको भेला कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद ढकालले यस्तो बताएका हुन ।

नरैनापुरका युबाहरुको प्रयास शिक्षामा अग्रगामि विकास भन्ने मुल नाराका साथ भेला कार्यक्रममा संघिय सांसदले नरैनापुरको विकासका निम्ति शिक्षा क्षेत्रलाई ब्यापक बनाईनुपर्ने र स्नातक सम्मको अध्यनका लागि अहिले यस क्षेत्रमै क्याम्पसको आबश्यकता महशुश भई रहेको सन्दर्भमा नरैनापुरका केहि जागरुक युवाहरुबाट शिक्षाका लागि क्याम्पस स्थापनाका लागि गरेको प्रस्ताव स्रहानिय भएको उल्लेख गरेका छन ।

उनले भौतिक विकासलाई मात्र विकास मान्ने हाम्रो समाजमा शिक्षा क्षेत्रको कार्यक्रमलाई उति महत्व नदिईने भएको भएतापनि स्थानिय प्लस टु पास गरि सकेपछि अध्यन छोडने परिपाटिलाई यो अभियानले चिर्ने समेत जिकिर गरे ।

उनले  नरैनापुर केहि हद सम्म भएपनि उज्यालो गाउका रुपमा चिनिएको छ सिंचाई र बाँधका कामहरु धमाधम भई रहेका छन यसका साथ साथै डुडुवा र नरैनापुरलाई केन्द्र बिन्दुमा राखेर खुल्न लागेको सन्तानेश्वर बहुमुखि क्याम्पस निर्माणमा संघिय सरकारबाट समेत बजेटको ब्यबस्था गर्ने गरि आफु मन्त्रि तथा सचिव स्तरीय वार्ताबाट बजेट निकाशिका लागि पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

नरैनापुरलाई उत्पादन र ब्यापारसंग जोडने आफनो एउटा सपना रहेको उल्लेख गर्दै नाका खुलाउने, बिभिन्न ब्यबसायिक कम्पलेक्स स्थापना गर्ने र नेपाल भारत बन्दरगाहको समेत निर्माण गर्न सकिए स्थानिय स्तरमै रोजगारीको सिर्जना गर्न सकिने भन्दै जनता जागरुक हुन शिक्षा नै पहिलो पाईला भएकाले आफुले नरैनापुरमा बेटिहरु समेत शिक्षित भएको हेर्ने आफनो धोको रहेको उल्लेख गरे ।

संघिय सांसद, प्रदेश सांसद र स्थानिय सरकार प्रमुखले नै नरैनापुरको मुहार फेर्न चाहेको उल्लेख गर्दै यहाको हरेक विकासमा संयुक्त रुपमा हातेमालो हुनेमा आफु विश्वस्त रहेको चर्चा गरे ।

कार्यक्रममा लुम्विनी प्रदेश सभा माननिय सांसद कृष्णा के.सि. नमुनाले नरैनापुरमा प्लस टु अध्यापन गर्ने विद्यालयहरु कतिको संख्यामा रहेको र कति बिद्यार्थीहरु अहिले अध्यन गरिरहेको बारे पनि गाउपालिकाको प्रतिबेदन हेरी क्याम्पस सञ्चालन गरिनुपर्नेमा जोड दिईन । उनले अहिले खोल्ने तर भोलिका दिनहरुमा क्याम्पस सञ्चालन गर्दा बिद्यार्थीहरुको कमि, प्राध्यापकहरुलाई दिने सेवा सुविधा नहुने जस्ता समस्या आउन नदिन बेलैमा सचेत रहि बिद्यालय जाने बाल बालिकाहरुको संख्यामा समेत बृद्धि गर्नतर्फ नरैनापुर वासिले ध्यान दिनुपर्नेमा जोड दिईन ।

क्याम्पस निर्माण भई सकेपछि संरचना संरक्षण र अनुगमनको पाटो स्थानिय सरकारले लिन पर्ने भन्दै क्याम्पस सञ्चालनमा प्रदेश सरकारका तर्फबाट गर्न सकिने जुनसुकै पहल कदमिमा कुनै कमि हुन नदिने समेत बताईन ।

नरैनापुर गाउ पालिका प्रमुख एबं कार्यक्रमका अध्यक्ष ईस्तियाक अहमद साहले नरैनापुरलाई विकासको गतिमा लैजाने सन्दर्भमा क्याम्पस निर्माण कार्य एउटा थप ईटा भएको उल्लेख गर्दै कुनैपनि दृष्टिकोणमा क्याम्पस निर्माण गर्दा राजनैतिक चश्माले हेर्न नहुनेमा जोड दिए । उनले शिक्षाको ज्यातीले नरैनापुलाई अझ सभ्य समाज निर्मणा गर्न उत्प्रेरणा मिल्ने भन्दै गाउपालिकाले जुनसुकै सहयोगमा हातेमालो गर्ने बचनबद्धता ब्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश सदस्य राम कुमार दिक्षित, नरैनापुर गाउपालिकाका प्रमुख कार्यकारी अधिकृत मणिराम खराल, शिक्षा शाखा प्रमुख कृष्ण कुमार चौधरी, अबधि पत्रकार सुर्यलाल यादव लगाएतले क्याम्पस निर्माणमा होस्टेमा हैंसे गर्न तत्पर रहेको बताए ।
भेलाले सोहनलाल यादव संयोजक रहेको क्यामपस निर्माण समिती समेत गठन गरेको छ भने आयोजित कार्यक्रम स्थलमै ७ लाख ६० हजार बढि चन्दा समेत संकलन भएको छ । संयोजक यादवले एक करोड चन्दा उठाउने लक्ष्य लिएको बताएका छन भने क्याम्पस स्थापनाका लागि जग्गादाताहरुको खोजि एबं केहि बिद्यालयहरुसंगको सहकार्यमा जग्गा प्राप्ति गर्ने समेत विश्वास ब्यक्त गरेका छन ।

नरैनापुरका बिभिन्न क्षेत्रका युवाहरुको आयोजना र नरैनापुर गाउ पालिकाको संयोजन तथा सहकार्यमा आयोजित कार्यक्रको सञ्चालन सञ्चारकर्मि समेत रहेका बिनय दिक्षितले गरेका थिए ।

 

Nabintech