१० मंसिर २०८१, सोमबार
ज्ञान बहुमुखी क्याम्पस पश्चिम नेपालको एक आकर्षक शैक्षिक  गन्तव्य !

प्रबुद्ध ब्यक्तित्वहरुको दुरदर्शितापुर्ण नेतृत्वका कारण ज्ञान बहुमुखी क्याम्पसको यात्रा १५ औं बर्षमा प्रबेश


  • प्रेम शर्मा

  • ४ भाद्र २०८०, सोमबार १५:४१

कोहलपुर,बाँके: बाँकेको कोहलपुर जस्तो उदीयमान शहरका विभिन्न क्षेत्रमा संलग्न लब्धप्रतिष्ठ ब्यक्तिहरुको पहलमा न्यु बागेश्वरी कलेजको नाम बाट बि. स. २०६६ साउन २७ मा स्थापित कलेज नै आजको ज्ञान बहुमुखी क्याम्पस  हो । स्थापनाकाल देखि बि. स. २०७९ सम्म न्यु बागेश्वरी कलेजको नामले सुपरिचित यस क्याम्पसले बि. स. २०८० देखि आफ्नो स्थापनाकालको नाम परिवर्तन गर्दै ज्ञान बहुमुखी क्याम्पस नामाकरण गर्न पुग्यो ।
त्रिभुवन बिश्वविद्यालय बाट सम्बन्धन प्राप्त यो क्याम्पस कोहलपुर साझा चोकको पश्चिममा अवस्थित छ। संचालक समितिका प्रथम अध्यक्ष याम बहादुर गैरे र प्रथम क्याम्पस प्रमुख कमान सिंह आर. सी. को नेतृत्वमा शुरुभएको ज्ञान बहुमुखी क्याम्पसले  क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष मणि प्रसाद गैरे लगाएतका प्रबुद्ध महानुभावहरुको दुरदर्शितापुर्ण नेतृत्वका कारण आजका दिनसम्म चौध बर्षको गौरवमय शैक्षिक यात्रा पूरा गरिसकेको छ।
गुणस्तरीय जीवनका लागि गुणस्तरीय शिक्षा भन्ने मुल मान्यताबाट निर्देशित यस क्याम्पसले चौध बर्षे गौरवमय शैक्षिक यात्राको क्रममा आफुलाई उच्च शिक्षाको क्षेत्रमा पश्चिम नेपालको एक आकर्षक  शैक्षिक गन्तव्यको रुपमा उभ्याउन सफल भएको छ।
सक्षम ब्यबस्थापन र कुशल प्रशासनको जगमा उभिएको यस क्याम्पसले हाल चार बर्षे स्नातक तह अन्तरगत  शिक्षाशास्त्र संकाय  र ब्यबस्थापन संकायका विभिन्न बिषयका कार्यक्रम संचालन गर्दै आइरहेको छ।
 स्थापनासगै  शिक्षा शास्त्र संकायको स्नातक तहको पठनपाठन शुरु गरेको क्याम्पसले ब्यबस्थापन संकायको स्नातक तहको पठनपाठन भने  बि.स.२०६७ भाद्र ७ गतेदेखि शुरु गरेको हो। शिक्षा शास्त्र संकाय  अन्तरगत स्नातक तहमा अङ्ग्रेजी, नेपाली, जनसंख्या, स्वास्थ्य र गणित मुल बिषयका कक्षाहरु संचालन गरिरहेको यस क्याम्पसले ब्यबस्थापन संकायको स्नातक तह तर्फ एकाउन्ट, मार्केटिङ  र फाइनान्स मुल बिषयका कक्षाहरु संचालन गरिरहेको छ।
शिक्षा शास्त्र अन्तरगतको गणित बिषयको कक्षा संचालन गर्न आसपासका जिल्लाहरुमा संचालित क्याम्पसहरुले कठिन ठानी  उक्त बिषयका कक्षाहरु बन्द गरिरहेको परिपेक्षमा  ज्ञान बहुमुखी क्याम्पसले भने आफ्नो स्थापनाकाल देखि हालसम्म निरन्तर रुपमा संचालन गर्दै गणित बिषय अध्ययनका लागि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै आफ्नो गौरवमय सामाजिक दायित्व पुरागरिरहेको  छ भने यो सामाजिक दायित्वबाट कहिल्यै पछि नहट्ने दृढता वर्तमान क्याम्पस संचालक समितिका अध्यक्ष, सफल एवं सुप्रसिद्ध व्यवसायी ज्ञानेन्द्र खनालले  ब्यक्त गर्नुभएको छ ।
गुणस्तरीय शिक्षाको लागि ज्ञान बहुमुखी !
विज्ञान प्रविधिको विकासले एउटा गाउँको रुपमा परिवर्तित विश्वमा आफ्नो दक्षता र सीप श्रम बजारमा सदुपयोग गरि  गुणस्तरीय जीवन जिउन सक्ने जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता हो। यो गहन जिम्मेवारी पूरागर्न ज्ञान बहुमुखी क्याम्पस प्रयत्नशील रहेको तथ्य प्रष्ट छ।
विश्वविद्यालय द्वारा  संचालित परिक्षाहरुमा हरेक बर्ष उत्कृष्ट नतिजा आउनु र यस क्याम्पस बाट उत्पादित जनशक्ति  सयौंको सङ्ख्यामा निजामती, शिक्षा, बैङ्किङ लगाएत विभिन्न  सेवाका विभिन्न ओहोदामा कार्यरत हुनुले पनि क्याम्पसको गुणस्तरीय शिक्षाको दावीलाई पुष्टि गर्दछ। यस क्याम्पस बाट स्नातक तह उतिर्ण गरि गएका कयौं  विद्यार्थीहरुले स्नातकोत्तर तहका परिक्षाहरुमा सर्वोत्कृष्ट नतिजा ल्याउनुले क्याम्पसको शैक्षिक गुणस्तरलाई प्रमाणित गरेको छ।
त्यतिमात्र हैन यस क्याम्पस बाट उत्पादित प्राय सबै जनशक्तिले स्वदेश वा विदेशमा सम्मानजनक रोजगारीका अवसर प्राप्तगरेबाट पनि यसको गुणस्तरीय शिक्षा प्रतिको प्रतिबद्धता उजागर हुन आउछ।  त्यसकारण गुणस्तरीय शिक्षा प्राप्त गरि सम्मानजनक जीवनको आधार तयार गर्न ज्ञान बहुमुखी क्याम्पस नै रोजौ।
संस्कार सहितको शिक्षा र रोजगारीका लागि ज्ञान बहुमुखी !
प्रविधि र भौतिक सुविधाले सुसज्जित पारिवारिक वातावरणमा संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ज्ञान बहुमुखी । त्यतिमात्र हैन, पेशागत  सैद्धान्तिक ज्ञानका साथसाथै ब्यबहारिक ज्ञानको प्राप्ति र पढ्दै कमाउदै कार्यक्रमको उपादेयतालाई  व्यबहारमै उतारेको छ यसले। पढ्दापढ्दै आयआर्जन गर्न चाहाने छात्रछात्राहरु लाई बिहानी सत्रमा क्याम्पसको पठनपाठन गर्ने ब्यबस्था छ भने दिउँसो संचालकहरुका  प्राइभेट विद्यालय र कम्पनीहरुमा क्षमता अनुसारको रोजगारीको ब्यबस्था पनि । यहाँ अध्ययनरत छात्रछात्राहरु लाई परिवारको सदस्य स्वीकार्दै उनीहरुका कठिनाइहरुको सहजीकरणमा महत्त्वपूर्ण भुमिका निभाउछ यसले। त्यसकारण  अरु हैन ज्ञान बहुमुखी रोजौ भविष्यको उज्ज्वल बिहानी खोजौ ।
प्रतिभाशाली लाई सम्मान र सीमान्तकृतको पढ्नपाउने अधिकार सुनिश्चितताका लागि ज्ञान बहुमुखी !
प्रतिभाशाली विद्यार्थीहरुको सम्मान र उत्प्रेरणका लागि ज्ञान बहुमुखी क्याम्पसले विभिन्न शिर्षकमा छात्रवृत्ति दिने ब्यवस्था गरेको छ। क्याम्पसले लिने आन्तरिक परिक्षामा आफ्नो समूह र तहमा सर्वोत्कृष्ट  हुने हरेक समूह र तहका एक छात्र र एक छात्राका साथै  कक्षा १२को बार्षिक परिक्षामा ३.६५ देखि ४.०० जिपिए सम्म प्राप्त गरि यस क्याम्पसमा अध्ययन गर्न आउने हरेक छात्रछात्रालाई पुर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने ब्यबस्था गरेको छ। साथै कक्षा १२ को बार्षिक परिक्षामा ३.२५ देखि ३.६० जिपिए ल्याउने छात्रछात्राहरु लाई  भर्ना र मासिक गरि दुबै शुल्कमा  ५० प्रतिशत छात्रवृत्ति दिने ब्यबस्था गरेको छ।
स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइ बाट सिफारिस भै आएमा जनजाति, दलित, दुर्गम तथा पिछडिएको क्षेत्र, द्वन्द्व पिडित लगायतका सीमान्तकृत समुदायका छात्रछात्राको पढ्न पाउने अधिकार सुनिश्चित गर्न  ज्ञान बहुमुखी क्याम्पसले   गरिब तथा जेहन्दार छात्रवृत्तिको ब्यबस्था गरेको छ । यस क्याम्पसमा भर्ना भएका कुनै पनि छात्रछात्राले आर्थिक कारणले विचैमा पढाइ छोड्नु नपर्ने प्रतिबद्धता उक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख  तिलक के. सी. ले जनाउनुभयो । त्यसकारण उक्त अवसरको सदुपयोग  गरि उज्ज्वल भविस्य निर्माण गर्न  ज्ञान बहुमुखी क्याम्पस  नै रोजौ।
बढाउदै अवसर ज्ञान बहुमुखी !
विभिन्न बिषयको अध्ययनका लागि राजधानी वा टाढा जानुपर्ने बाध्यता अन्त्य गर्ने अभियानको निरन्तरताका लागि ज्ञान बहुमुखी क्याम्पस  प्रयत्नशील छ। सोही क्रममा यस क्याम्पसले निकट भविस्यमा BSW, BBA, BALLB र MPA का कक्षाहरु संचालन गर्न गइरहेको छ।
यतिमात्रै हैन, उल्लेखित बिषयको पठनपाठन शुरुआत पछि सामाजिक आवश्यकतामा आधारित अन्य विषय पठनपाठनको अवसर प्रदान गर्ने अभियानमा निरन्तर प्रयत्नशील रहेने प्रतिबद्धता  ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेक बहादुर गुरुङ्ले जाहेर गर्नुभयो । त्यसकारण सुबिधा सम्पन्न वातावरणमा सुनौलो भविस्य निर्माणार्थ ज्ञान बहुमुखी क्याम्पस नै रोजौ ।
Nabintech