२४ असार २०८२, मंगलवार
एसियाडका लागि चीनतर्फ लागे सन्दीप लामिछाने

  • टाइम्स संवाददाता

  • ९ आश्विन २०८०, मंगलवार ११:३०

काठमाडौं: नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीन प्रस्थान गरेका छन्।  एसियाडका लागि नेपाली टोली चीन गए पनि सन्दीप भने आफूविरुद्धको मुद्दाका कारण नेपालमै रोकिएका थिए।

काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको सन्दीपविरुद्धको जबरजस्ती करण (बलात्कार)को मुद्दामा फैसलाका लागि आइतबारलाई पेसी तोकिएको थियो। तर अदालतले मुद्दा स्थगितको सूचीमा राखेपछि उनी मंगलबार चीन प्रस्थान गरेका हुन्।

मुद्दाको सुनुवाइ स्थगित भए पनि सन्दीपले मानसिक तनावका कारणले आफू खेल्न सक्ने अवस्थामा नरहेको बताउँदै आएका थिए। तर नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँगको छलफलपछि उनी चीन जान तयार भएका हुन्।  एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले बुधबार मंगोलियासँग खेल्दै छ।

Nabintech