५ आश्विन २०८१, शनिबार
बर्दियाबाट पिकनिक जाँदै गरेको बस दाङमा दुर्घटना २५ जना बढी  घाइते

३ जना महिलाको अवस्था गम्भीर


  • टाइम्स संवाददाता

  • १५ पुष २०८०, आईतवार १६:००

नेपालगन्ज : बर्दियाबाट पिकनिक जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा २५ जना बढी  घाइते भएका छन्।राप्ती राजमार्गको सितलपुर -अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटनामा परेको इलाका प्रहरी तुलसीपुरले जनाएको छ।

आज बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि जान थालेको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्रालय रहेको चखौरामा पिकनिकका लागि जाँदै  गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको हो ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीसहितको सशस्त्र प्रहरीले २४ जना घाइतेको उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तर्फ पठाइएको हो।  सुरक्षाकर्मी घटनास्थल पुग्नु भन्दा पहिले नै ४-५ जना जति गम्भीर घाइतेलाई हायस गाडी मार्फत बाँकेको कोहलपुर तर्फ पठाइएको  छ। तुलसीपुर पठाइएका मध्य ३ जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बर्दियाबाट दंगिशरण- ३ स्थित थारु संग्राहलय चखौरामा पिकनिक खानका लागि आउँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं-१३ स्थित अम्बापुर नजिकै पाखोमा दुर्घटनामा परेको थियो ।  ब्रैक नलागेपछि बस नालामा परि पल्टिएको अनुमान गरिएको छ । बसमा कुल ४० जना जति सवार रहेको अनुमान गरिएको छ ।

 

Nabintech