गुलरिया,बर्दिया: सुर्योदय वोमि लघुवित्त वित्तीय संस्थाको गुलरिया शाखाले एक कार्यक्रमको आयोजना गरि आफना ग्राहक सदस्यलाई राहत रकम हस्तान्तरण गरेको छ। गुलरिया नगरपालिका वार्ड नं. ४ स्थित टपरी गाउमा गठित कोटही महिला समुहकी सदस्य स्व.लज्जावती गोडियाको २०८० कार्तिक२८गते असामायिक निधन भएकोमा संस्थाले बिमा सुबिधा अन्तरगत सदस्य सुरक्षण बाफतको रकम रु.३ लाख २५ हजार बरावरको चेक गुलरिया नगरपालिका वार्ड न. ४ का वाड अध्यक्ष सुरेश गौतमले मृतकका श्रीमान सुरेश गोडियालाई हस्तान्तरण गरेका हुन।
कार्यक्रममा संस्थाका कोहलपुर स्टेसनका अनुगमन अधिकृत कविन्द्र शाही,भवानीपुर शाखा प्रमुख भोज बहादुर सलामी,गुलरिया शाखाका प्रमुख पारश थापा लगायत संस्थाका कर्मचारी जित बहादुर धामी , दिपक बोहरा , ललिता थारु र समूह का सदस्यहरुको उपस्थित उक्त रकम बरावरको चेक हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा वाड अध्यक्ष सुरेश अध्यक्ष गौतमले लघुवित्तको महत्व र औचित्य यस्तै कारणले भएको र आगामी दिनमा समेत हातेमालो गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । अनुगमन अधिकृत शाहिले लघुवित्त कार्यक्रम,बिमा तथा सदस्य सुरक्षणको बारेमा चर्चा गरेको उक्त कार्यक्रममा गुलरिया शाखाका प्रमुख पारस थापाले शोक मन्तब्य ब्यक्त गर्दै सदस्य सुरक्षण कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । कोटही महिला समुहकी अध्यक्ष पार्वती पान्डे ब्रह्माण्डले बिमा गर्दा हुने फाईदाको बारेमा आफ्नो धारण राख्दै बिमा गरिएकोले मृतकको परिवारले राहतको श्वास फेर्न सकेको र कर्जाको बिमा अति आवस्यक भएको बताईन।
मृतक सदस्यको तस्वीरमा माल्यार्पण गर्दै शुभारम्भ कार्यक्रममा, मृत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो । समुहकी अध्यक्ष कार्यक्रमको सहजिकरण मैनापोखर शाखाका शाखा प्रमुख बिष्णु भण्डारीले गरेका थिए ।