बर्दिया:बर्दिया जिल्ला बढैयाताल गाउँपालिका ३ मा अवस्थित भवानी माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक बेलनाथ शर्माले विद्यालयलाई १ लाख ११,हजार ११ रुपैया सहयोग गरेका छन ।
विद्यालयले उक्त रकमलाई अक्षय कोषमा परिणत गरी कोषबाट प्राप्त हुने ब्याजबाट जेहनदार विद्यार्थीहरूको लागि छात्रवृद्धि प्रदान गरिने छ । उनको यो आर्थिक सहयोग मात्र नभएर धेरै ठूलो योगदान रहेको विद्यालयले जनाएको छ ।
स्थापना कालमा निकै कठिन शंघर्षका साथ विद्यालयको बद्धि विकासमा टेवा पुरयाएका शर्माले विद्यालयलाई विभिन्न कठिन परिस्थितिमा बाबजुद पनि उत्कृष्ट नेतृत्व दिएका थिए । विद्यालयको तत्कालीन शैक्षिक स्तरको रूपान्तरणमा उनको योगदान लाई उच्च सम्मान गर्दै विद्यालयले पुर्व प्रधानाध्यापक शर्मालाई एक कार्यक्रममा सम्मान समेत गरेको छ ।
आज भवानी मावि बर्दियाले ठूलो फड्को मार्नुमा उनको देनको बारे जति प्रशंसा गरेपनि कमै हुने भन्दै विद्यालयका पुर्व विद्यार्थी सुमित्रा वरालले शैक्षिक अभियान्ताहरुलाई समाजले उच्च सम्मान दिनुपर्ने बताईन ।