९ मंसिर २०८१, आईतवार
भोलि प्याब्सन डे, बाँकेको कोहलपुरमा भब्य रुपमा मनाउने तयारी

विज्ञान प्रदर्शनी, साँस्कृतिक कार्यक्रम र शिक्षक सम्मान जस्ता कार्यक्रमको आयोजना गरिने


  • टाइम्स संवाददाता

  • २३ पुष २०८०, सोमबार १८:३२

कोहलपुर,बाँके: जिल्ला ‘प्याब्सन ‘बाँकेले भोलि मंगलवार आफनो स्थापना दिवस भब्य रुपमा मनाउने भएको छ । २०४७ सालमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ‘प्याब्सन’को स्थापना भएको थियो । स्थापनाका अवसरमा प्याब्सनले जिल्लाको दास्रो ठुलो नगर कोहलपुरमा पहिलो पटक आफनो स्थापना दिवस मनाउन लागेको ‘प्याब्सन’ बाँकेका अध्यक्ष यम बहादुर रावतले बताए ।

३३औँ प्याब्सन स्थापना दिवसका अवसरमा प्रभातफेरी, बिभिन्न विद्यालयका शिक्षक सम्मान कार्यक्रम र अन्य विविध कार्यक्रमको आयोजना गर्दै आफनो स्थापना दिवस भब्य रुपमा मनाउने तयारी गरिएको बताईएको छ । बाँकेमा १ सय २४ विद्यालयहरु निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन ‘प्याब्सन’मा आबद्ध रहेका छन । अधिकांश विद्यालयहरुको सहभागितामा विहानमा प्रभातफेरी कार्यक्रम गर्ने तय गरिएको छ ।

विज्ञान प्रदर्शनी, साँस्कृतिक कार्यक्रम र शिक्षक सम्मान जस्ता कार्यक्रमको आयोजना गरिने प्याब्सन डेमा पञ्चेबाजा, मयूर नाचले थप आकर्षक र रोचकता थप्ने प्याब्सन बाँकेको विश्वास रहेको छ । कोहलपुरको पिपल चौताराबाट प्रभात फेरीको आयोजना गर्दै शुभारम्भ गरिने ‘प्याब्सन’ संबद्ध ब्यक्तिहरुको प्रभातफेरीले बजारका बिभिन्न स्थानहरुको परिक्रमा गर्दै गोलपार्कमा रहेको भ्यु टावर नजिक सभामा परिणत हुने कार्यक्रम तय गरिएको छ ।

Nabintech