९ मंसिर २०८१, आईतवार
प्याब्सन दिवस: विज्ञान प्रर्दशनिमा गोरखा युनाईटेड पब्लिक स्कुल प्रथम

एक सय चौविस बिद्यालय प्याब्सनमा आबद्ध भएको भएपनि ३६ विद्यालयको मात्र सहभागिता


  • टाइम्स संवाददाता

  • २५ पुष २०८०, बुधबार ०८:४६

कोहलपुर,बाँके:प्याब्सन बाँकेले आयोजना गरेको प्याब्सन दिवसका अवसरमा बिज्ञान प्रर्दशनिमा कोहलपुरको गोरखा युनाईटेड पब्लिक स्कुल प्रथम हुन सफल भएको छ । पठन पाठनका अलावा अतिरिक्त क्रियाकलापमा समेत बाँकेमै अब्बल मानिएको गोरखा युनाईटेडका विद्यार्थीहरुले पर्दशनमा राखेको बिज्ञान कलालाई बाँके प्याब्सनको मुल्यांकनले प्रथम स्थान घोषणा गरेको हो । यसै गरि प्याब्सन दिवसकै अवसरमा बिज्ञान प्रर्दशनिको दास्रो स्थान स्प्रीङ्ग्डेल एकेडेमी द्वितीय हात पार्न सफल भएको छ भने जय बागेश्वरी बोर्डिङ स्कुल तृतीय र पशुपति मावि सान्त्वना भएका छन ।

प्याब्सनले बाँकेको कोहलपुरमा आयोजित ३३ औं स्थापना दिवसको अवसरमा प्रभातफेरी, शिक्षक सम्मान जस्ता कार्यक्रम एक सभाको आयोजना गर्दै सम्पन्न गरेको छ । बाँके जिल्लामा एक सय चौविस बिद्यालय प्याब्सनमा आबद्ध भएको भएपनि ३६ विद्यालयले मात्र सहभागिता जनाउनुलाई अर्थपुर्ण रुपले हेरिएको छ ।

कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यद्धारा उदघाटन गरिएको कार्यक्रममा प्याब्सन संबद्ध बिद्यालयका संस्थापक, सञ्चालक, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । विभिन्न झाँकी सहित नगरका बिभिन्न भाग परिक्रमा गर्दै गोलपार्कमा आयोजित सभालाई बिभिन्न शिक्षा अभियान्ताहरुले सम्बोधन गरेको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको प्याब्सन बाँकेको दावि रहेको छ ।

 

Nabintech