८ मंसिर २०८१, शनिबार
नेपालगञ्जका अटो चालक आन्दोलित, उपमहानगरको कार्यालय घेराउ

आन्दोलनरत इलेक्ट्रीक रिक्सा व्यवसायीले अबैध रिक्सा ठहर भए प्रमाण पेश गर्न उपमहानगरपालिकालाई चेतावनी


  • विकल भट्टराई

  • २५ पुष २०८०, बुधबार १५:३१

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा अटो रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी आन्दोलन गर्दै उपमहानगर कार्यालय घेराउ गरेका छन । उपमहानगरपालिकाले इलेक्ट्रीक रिक्सामाथी डोजर चलाएर गरिवको गास खोसेको भन्दै इलेक्ट्रीक रिक्सा ब्यवसायी संघ बाँकेको अगुवाईमा बुधबार बिहान ११ः३० बजेदेखी आन्दोलनमा उत्रिएका हुन । कागजपत्र नभएका ‘अबैध’ भन्दै इलेक्ट्रीक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिका कार्यालयले मंगलबार डोजर चलाएको थियो ।

ठुलो संख्यामा रिक्साहरु सडकमा तेर्साएर व्यवसायीले कार्यालयको मुलगेटमा चर्का नाराबाजी गरेका छन् । संघले इलेक्ट्रीक रिक्साको हकमा पुर्व स्थानीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने, उपमहानगरपालिकाद्धार नष्ट गरेका रिक्साको क्षतिपुर्ति दिनुपर्ने, नियन्त्रणमा लिइएका रिक्साहरुलाई एक पटकलाई फिर्ता गर्नुपर्ने, उपमहानगरपालिकामा दर्ता भएका रिक्साहरुलाई नविकरण गरिदिनुपर्ने र उपमहानगरपालिकाले पारित गरेको ‘इलेक्ट्रीक रिक्सा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि(२०७८’ पूर्ण रुपमा लागु गर्नुपर्ने माग राखेको छ ।

आन्दोलनरत इलेक्ट्रीक रिक्सा व्यवसायीले अबैध रिक्सा ठहर भए प्रमाण पेश गर्न उपमहानगरपालिकालाई चेतावनी समेत दिएका छन् । आन्दोलनरत इलेक्ट्रीक रिक्सा व्यवसायीले उपमहानगरपालिकाका मेयर र उपमेयरको चर्को बिरोध गरेका छन् । रिक्सा व्यवसायीको आन्दोलनलाई मध्यनजर गर्दै उपमहानगरपालिकाको मुलगेटमा नगर प्रहरी तथा नेपाल प्रहरीलाई बाक्लो रुपमा परिचालन गरिएको छ ।

Nabintech