९ मंसिर २०८१, आईतवार
तराईका अधिकांश भूभागमा हुस्सु, स्थल र हवाई यातायात प्रभावित हुनसक्ने अनुमान

  • टाइम्स संवाददाता

  • २७ पुष २०८०, शुक्रबार ०७:२२

कोहलपुर,बाँके:हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला (शुक्रबार बिहान) कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश भूभागमा हुस्सु रकुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने शनिबार गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र  कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ।

केही प्रदेशमा मौसम बदली भए पनि आज र भोलि कतै हिमपात र वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई मधेशको भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायात सेवामा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ।  त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।
Nabintech