काठमाण्डाै : लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी केही ठाउँको मौसम आंशिक बदली रहेको छ । अरु बाँकी क्षेत्रको मौसम आज सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाण्डौ उपत्यकामा हिजोभन्दा चिसोे छ । आज बिहान पाैने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो । आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको अनुमान छ ।
यस्तै, आज पनि तराईका केही ठाउँमा बिहान पातलो हुस्सु र कुहिरो लागेकाे छ । तर घाम लागेपछि बिस्तारै हट्ने महाशाखाले जनाएको छ ।