कोहलपुर : मध्यवर्ति क्षेत्रका बिधालयका प्रअ तथा शिक्षकहरुलाई मानव र वन्यजन्तु बिचको सहअस्तित्व कायम गर्दै मध्यवर्ती क्षेत्र भित्र रहेका शिक्षक र विद्यार्थीहरु कसरी सुरक्षित रहने भन्ने बिषयमा सरोकारवाला निकायसङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।राष्ट्रिय प्रकृति सरक्षण कोष बर्दियाका कार्यक्रम संयोजक उमेश पौडेलले निकुञ्ज आसपासका स्थानियको वन्यजन्तुले अन्नबालि नोक्सान गर्ने क्रम नरोकिएको हुँदा बर्दियामा जस्तै बैकल्पिक खेतिको रुपमा बेसार अदुवा खेति र कागति खेति समुह बनाएर गर्न बाँके राष्ट्रिय निकुन्जका मध्यबर्ती क्षेत्र भित्रका नागरिकलाई प्रेरित गर्नु पर्ने बताएका थिए ।यस्तै उनले स्कुले बालबालिकालाई बन्यजन्तु सम्बधि जनचेतना जगाउदै इको क्लब गठन गर्दै मानव र बन्यजन्तु बिचको सह अस्तित्व कायम राख्न सबैको भुमिका उत्तिकै हुने बताएक थिए । कार्यक्रममा बाँके राष्ट्रिय निकुन्जको मध्यबर्ती क्षेत्रका सरोकारवाला निकायको सहभागीता रहेको थियो । बाके राष्ट्रिय निकुन्ज मध्यबर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र खडकाले बन्यजन्तुबाट जोगिनको लागी हामीले आफनो बानी ब्यहोरालाई परिर्बतन गर्नु पर्ने बताएका छन । उनले अगाडी भन्छन निकुन्ज क्षेत्र भित्र रहेका बिद्यालयका बिद्यार्थीहरुको बन्यजन्तुको जोखिमबाट जोगाउनको लागी प्याकेजका कार्यक्रम ल्याउनु पर्ने बताएका छन ।
बाल शिक्षा माबिका प्रअ टर्क बहादुर खत्रीले निकुनज क्षेत्र भित्ररहेका बिद्यालयहरुलाई पहिलो प्रथमिकतामा राखेर बिद्यालय क्षेत्रलाई तारबार गर्नको लागी सम्बन्धीत पक्ष गम्भीर भएर लाग्नु पर्ने बताएका थिए ।