२४ आश्विन २०८१, बिहीबार
कोहलपुर नगर खेलकुद विकास समितिको संयोजकमा चक्रबहादुर क्षेत्री

  • टाइम्स संवाददाता

  • २४ आश्विन २०८१, बिहीबार ११:०२

कोहलपुर नगर खेलकुद विकास समितिको संयोजकमा चक्रबहादुर चिमाल (क्षेत्री) नियुक्त भएका छन । कोहलपुर नगर कार्यपालिकाको बैठकले क्षेत्रीलाई कोहलपुर नगर विकास समितिको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । कोहलपुर नगर कार्यपालिकाको २०८१ साल असोज १४ गते बसेको बैठकले बिबिध नियर्णयसंगै बुद्धिबहादर थापा मगरले बिबिध कारण देखाई राजीनामा दिएपछि चक्र क्षेत्रीलाई संयोजकको रुपमा निर्ण गरेको कोहलपुर नगरपालिकाको कार्यपालिकाको बैठक निर्णय नम्बर १८ मा उल्लेख गरिएको छ । चक्र बहादुर चिमाल(क्षेत्री) कोहलपुर रेसिंग साहारा क्लबका अध्यक्ष पनि हुन ।

क्षेत्री रेसिंग साहारा क्लबको अध्यक्ष भयपछि कोहलपुर क्षेत्रमा खेल क्षेत्रका बिधाहरु मध्ये फुटबल बिधाले उल्लेखनिय उपलब्धि हासिल गरेको छ । उनले नै कोहलपुरमा कोहलपुर गोल्ड कपको दुई सस्करण खेलाई सकेका छन भने आगामी संस्करणलाई पनि निरन्तरता दिने उको प्रतिबद्धता रहेको छ । कोहलपुरमा प्रर्याप्त मात्रामा खेल संरचनाको संरक्षण नभएको भएता पनि संरचना र खेलाडीलाई प्रोत्साहन हुने गतिबिधीमा आफु केन्द्रित रहने क्षेत्रीको अठोट रहेको बताएका छन । उनी खेल क्षेत्रबाटनै आएको हुदा पनि कोहलपुर क्षेत्रमा नगरका अन्य खेल गतिबिधीहरुले निरन्तरताका साथै यसको स्तरमा केहि सुधार हुने देखिन्छ ।

Nabintech