२४ आश्विन २०८१, बिहीबार
साहसी खेल प्रेमीका लागि मदनचोकमा खुल्यो झण्डै ५० लाखको लागतमा स्केटिङ पार्क

  • टाइम्स संवाददाता

  • २४ आश्विन २०८१, बिहीबार १३:३३

बाँकेको कोहलपुर नगरपालिका वडा न. ३ स्थित मदनचोकमा साहासिक खेल प्रेमीका लागि लक्षित गर्दै ‘स्केट पार्क’ निर्माण गरिएको छ। लेबल अप स्केट हाउस एण्ड इन्टरटेनमेन्ट पार्क करिब १ बिघा क्षेत्रफलमा पहिलो चरणमा स्केट पार्क निर्माण गरेको हो। बिहिबार कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले उद्घाटन गरेपछि स्केट पार्क औपचारिक रुपमा संचालन सुरु भएको हो। अब स्केट पार्क नियमित खेल र अभ्यासका लागि खुल्ला हुनेछ। करिब ५० लाखको लागतमा पार्क निर्माण गरिएको लेबल अप स्केट हाउस एण्ड इन्टरटेनमेन्टका संचालक दिपेन्द्र कुवँले बताए । उक्त पार्क कोहलपुर क्षेत्रमा नै सबै भन्दा बढि क्षेत्रफल र मल्टिप्रपोज  सहित संचालनमा ल्यायएको संचालक कुँवरले जानकारी दिए । चार जना साथिहरुको संयुक्त लगानीमा उक्त स्केटिङ संचालनमा आएको हो । संचालकहरुमा दिपेन्द्र कुँवर, सुरेश अधिकारी, सुमन बि.क. र मदन बि.कको संयुक्त लगानी रहेको छ  । पहिचो चरण स्केटिङ निर्माणको काम सम्पन्न भएको र दोस्रो चरणमा हर्स राइडिङ, र बालबच्चाहरुका लागि बिभिन्न जातका जनावर र चराहरु राखिने सुरेश अधिकारीले बताए । जनावरहरु राख्नका लागि सबै प्रक्रिया पुगिसकेको हुदाँ दशै लगत्तै सबै काम सम्पन्न हुने अधिकारीले जानकारी दिए ।

नेपालगन्ज तथा कोहलपुर क्षेत्रका लागि नयाँ खेलको रुपमा स्केटिङ पार्कको निर्माण भएपछि यस क्षेत्रका युवा खेलप्रति आकर्षित भएका छन् । पार्कमा सुविधासम्पन्न पूर्वाधारमा खेल सञ्चालन हुने मदन बि.कले बताए ।
स्केटिङ पार्कको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका मेयर पूर्णपसाद आचार्यले यूवा पिडिहरुमा पछिल्लो समय स्केटङको क्रेज बढ्दै गएको हुदाँपनि यस्ता पार्कहरु कोहलपुर क्षेत्रमा विस्तार भएको बताए । यूवाहरु स्वदेशमै केहि गर्न खोजेको हुदा यस्ता यूवाहरुलाई ब्यक्तिगत र संस्थागत साथ सहयोग रहने पनि आचार्यले बताए ।
लेबल अप स्केट हाउस एण्ड इन्टरटेनमेन्टले दशैका लागि केहि अफरहरु पनि ल्याएको संचालक सुमन बि.कले बताए । उनले शुरुमा २५ जनासम्म ग्रुप बनाएर आउने ब्यक्तिलाई रु पचाँस इन्ट्रि, ५० जना आएको खण्डमा एक सय रुपैया र अन्य खेलप्रेमीहरुका लागि दुई सय रपैया शुल्क रहेको बि.कले जानकार दिए ।
कार्यक्रममा राष्ट्रिय यूवासंघ नेपालका सचिव खेमराज घिमिरे, नेकपा एमाले क्षेत्र नं. १ का संयोजक कुस्माखर बस्या, कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र बहादुर चिनाल(क्षेत्री), शैक्षिक व्यक्तित्व किशोरराज मल्ल, समाजसेवी अर्जुनजंग शाह, नेपाली कांग्रेस कोहलपुर नगरपालिका वडा नं. २ का सभापति यज्ञबहादुर महरा, होटल व्यबसायी इन्द्र गुरुंग, संजित वली लगाएतका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

स्केट खेल पचास वर्ष अघि अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ संसारभर फैलिएको छ । यो नेपालमा पनि युवावर्गमा लोकप्रिय बन्दै गएको छ । देशका प्रमुख सहर काठमाडौँ , पोखरा, बुटवलका, चितवन, नेपालगन्ज हुदैँ कोहलपुरको मदनचोकमा पनि यो खेल सञ्चालन हुँदै आएको छ ।

Nabintech