७ मंसिर २०८१, शुक्रबार
व्यापारीका समस्यामा केन्द्रित उम्मेदवारले जीत्नेछन ः अञ्जनाको नेतृत्वलाई व्यवसायीहरुको साथ

  • टाइम्स संवाददाता

  • ३० आश्विन २०८१, बुधबार २१:२५

कोहलपुर / आउँदो कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर व्यवसायी उम्मेदवारहरूको सक्रियता बढेको छ। अन्जना धितालको नेतृत्वमा रहेको प्रगतिशील व्यवसायिक समूहले मतदाताको घरदैलोमा पुगेर उनीहरूको समस्या सुन्दै मत मागिरहेका छन्। प्रगतिशील प्यानलका उम्मेदवारहरूले कोहलपुर नयाँ बसपार्कका व्यापारीहरूसँग भेटघाट गरी उनीहरूका समस्या सुनेका छन्। होटेल व्यवसायी दीपेन्द्र बुढाथोकीले बासगढी चिसापानीबाट आउने बसहरूलाई बसपार्कभित्र एकछिन रोकेर लैजाने व्यवस्था मिलाउन आग्रह गरे। उनका अनुसार, यसले व्यापारलाई सहयोग पुर्‍याउने छ। साथै, कोहलपुरबाट सिधै रुपैडिया नाका जाने बसहरूको व्यवस्थामा परिवर्तन गरी व्यापारलाई थप सहज बनाउनुपर्ने सुझाव पनि उनले दिए।

गण्डकी जनरल स्टोर्सका संचालक शिव पौडेलले योग्य उम्मेदवार छान्नुपर्नेमा जोड दिँदै, ूजसले व्यवसायिक समस्यालाई ध्यान दिन्छ, त्यस्ता उम्मेदवारलाई नै जिताउनुपर्छ,ू भने। अर्का व्यवसायी यज्ञ जैसीले चुनावको बेला मात्र व्यवसायीहरूलाई खोज्ने तर जितेपछि बैठकमा पनि नआउने उम्मेदवारलाई जिताउन नहुने तर्क गरे। चुनावमा मात्र सहभागी हुने कहिल्यै बैठकमा नजाने उम्मेदवारलाई जीताएर के गर्नु उनले भने । अबको नेतृत्वमा सक्षम र ब्यापारीका समस्यामा प्रर्याप्त समय दिने उम्मेदवारलाई जिताउने उनले बताए ।

बसपार्क क्षेत्रका व्यवसायी युग प्रसाद पौडेलले बिजुली महसुल अन्यत्रभन्दा पाँच–छ रुपैयाँ बढी भएको र बसपार्कको लाइट बिग्रिएर अन्धकार भएको गुनासो गरे। नगरपालिकाले यसतर्फ ध्यान दिनुपर्ने माग उनले राखे। एसआर कलेक्सन एण्ड किराना पसलकी सञ्चालिका सुनम रेग्मीले मेयरले व्यवसायीहरूको समस्या कहिल्यै नसुनेको भन्दै भाडा महँगो भएकाले व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताइन्। व्यापारीहरूले समस्याहरूको समाधानका लागि सशक्त नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै, आगामी नेतृत्वले मात्र समाधान गर्ने आशा व्यक्त गरेका छन्।
कोहलपुरमा व्यबसाय गर्नेहरुका अथाहा पीडा रहेको भएता पनि बाणिज्य संघले यसप्रति कुनै चासो नदिएको समग्र व्यापारीहरुको गुनासो रहेको छ । कोहलपुरमा अहिलेसम्म करिब २० प्रतिशत भन्दा बढि सटरमा ताला लागि सकेको छ । जसले गर्दा व्यापारीहरु पलाएनको अबस्थामा पुगेका छन । यसले गर्दा पनि स्थानीय बजारलाई चलाएमान बनाउन र यहाँका ग्राहकलाई यहीको बजारबाट उपभोग गर्ने बातावरणको सिर्जना गर्न प्रगतिशिल ब्यवसायीक प्यानलका उम्मेदवारहरु तयार रहेको अध्यक्ष पदका उम्मेदवार अञ्जना धितालले बताइन ।
प्रगतिशील व्यवसायीक प्यानलले अञ्जना धितालको नेतृत्वमा प्यानल तयार गरेको छ । प्यानलमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, वस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दिपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह–कोषाध्यक्षमा टंक प्रसाद खनालले उम्मेदवारी दिएका छन्। सदस्यहरूको सूचीमा अंकित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन विश्वकर्मा, भानुराज उपाध्याय, मोती प्रसाद सबेदी, रबि प्रसाद कर्माचार्य, र राजिव शर्मा रहेका छन्। महिला सदस्यहरूमा अस्मिता के।सी।, प्रतिभा खड्का, र एशोसियट सदस्यमा दिपेश खनाल पनि उम्मेदवार छन्।

Nabintech