६ कार्तिक २०८१, मंगलवार
कोहलपुरमा तिब्र रुपमा बजार अनुगमन

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०८१, मंगलवार १९:५५

नेपालीहरुका पर्वको लहर चलिरहेको छ । यति बेला बिभिन्न निकायहरु सर्तक रहने बेला हो । पर्व लक्षित गरि कोहलपुर नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । कोहलपुर नगरपालिका स्तरिय बजार अनुगमन टोलीले आज मंगलबार कोहलपुरमा रहेका केहि मार्ट र कृषि बजारमा अनुगमन गरेको छ । कोहलपुरमा रहेको जनविश्वास सहकारी संस्थाले संचालन गरेको सहकारी बजारमा अनुगमन गरेको हो । सहकारी बजारमा केहि समानमा मूल्य सुची नरहेको र स्थानीय उत्पादनमा बारकोड नराखिएको हुदा त्यसलाई आगामी दिनमा सुधार गर्न सुझाव दिएको छ । भने यस मार्टले मिति नाघेका समानहरुको भण्डारण गरि नष्ट गर्ने गरेको हुदाँ यसलाई आगामि दिनहरुमा पनि निरन्तरता दिन बजार अनुगमन समितिका संयोजक अग्नि आचार्यले बताउनु भयो ।
यस्तै कोहलपुर क्षेत्रमा तरकारी खरिद, संकलन र हाट बजारका रुपमा परिचित कृषि बजारमा पनि अनुगमन गरिएको थियो । कृषि बजार व्यवस्थापन समितिमा रहेका माछा पसल, तरकारी पसल र सटरहरुमा अनुगमन गरिएको थियो । कृषि बजारमा बिभिन्न समस्या र सुधारका लागि अनुगमन समितिले निर्देशन समेत दिएको छ । निर्देशनहरुमा कृषि बजारमा रहेका व्यवसायीहरुको अनिवार्य फर्मदार्ता गर्न सहजिकरण गरि नगरपालिकामा दर्ता गर्नुपर्ने, कृषि बजार व्यवस्थापन समिति कोहलपुर नगरपालिकामा दर्ता नभएको हुदा नगरपालिकामादर्ता गर्नुपर्ने, कृषि बजारमा रहेका अधिकांश व्यवसायीहरुले ढक तौलमा उपकरणमा ढुंगाहरु प्रयोग गरेको हुदा आगामी दिनहरुमा नापतौल बिभागबाट स्वीकृत उपकरणको प्रयोग गर्नुपर्ने, कृषि बजारमा रहेको फोहरलाई व्यवस्थापन गर्नुपर्ने, बजार परिसरमा रहेका नास्ता पसलहरुलाई ब्यवस्थित गर्न अनुगमन समितिले निर्देशन दिएको छ ।
चाडपर्वका बेला बजारमा अखाद्य बस्तु बिक्रि वितरण र उपभोक्ताको स्वास्थ्यमा पर्न जाने क्षतिलाइ रोक्नकालागि अनुगमनलाई तिब्रता दिइएको अनुगमन समितिका संगोजक अग्नि आचार्यले बताउनु भयो ।

Nabintech