११ कार्तिक २०८१, आईतवार
कोहलपुर नगरपालिकाका कर्मचारीलाई अभद्र व्यबहार गरिएको भन्दै, कर्मचारीद्वारा सेवा ठप्प (विज्ञप्ती सहित)

  • टाइम्स संवाददाता

  • ११ कार्तिक २०८१, आईतवार १२:५९

कोहलपुर नगरपालिकाले कर्मचारीलाई अभद्र व्याबहार गरेको भन्दै कार्यालयले दिने सेवालाई आज आइतबारका लागि अत्याबश्यक सेवा बाहेकका कामलाई स्थगन गरेको छ । कोहलपुर नगरपालिकाले एक बिज्ञपती जारी गर्दै यस्तो जानकारी दिएको हो ।
बिज्ञप्तीमा भनिएको छ । २०८१ साल कार्तिक ९ गते त्रिभुवन माध्यमिक विद्यालयय कोहलपुर १० का शिक्षकले छात्रासंग सामाजिक सञ्जालमा गरेको कुराकानीको बिषयलाई लिएर कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्रमुख माथि गरिएको अभद्र व्याबहारको कारण सेवा प्रवाहमा खटिएका कर्मचारीहरु त्रसित भई असुरक्षा भएको, सेवा प्रवाहको बाताबरण नभएको÷ र बिधि सम्मत रुपले हल गर्नुपर्ने विषयलाई कानून बिपरीत अभद्र ब्याबहार गर्ने पक्षलाई कानूनी दायरामा ल्याई आगामी दिनमा शान्तिपूर्ण रुपले सेवा प्रवाह गर्ने वातावरण सृजना गर्न माग गर्दै मिति २०८१ कार्तिक ११ गते आइतबार अत्याबश्यक बाहेक अन्य सेवा प्रवाह स्थगन गरिएको ब्यहोरा आदेश अनुसार अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुबिधाप्रति क्षमा चाहान्छौँ ।

Nabintech