१० मंसिर २०८१, सोमबार
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

  • टाइम्स संवाददाता

  • १० मंसिर २०८१, सोमबार २०:३९

काठमाडौं –  नेपाल धितोपात्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठनियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल ०८० पुसमा सकिएपछि बोर्ड करिब १ वर्षदेखि अध्यक्षविहीन थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जाँदै छन् ।

Nabintech