७ पुष २०८१, आईतवार
कार्यकारी निर्देशक घिसिङद्वारा आयोजनास्थलको निरीक्षण

  • टाइम्स संवाददाता

  • २१ मंसिर २०८१, शुक्रबार १८:४८

नेपालगन्ज- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकेमा सञ्चालनमा रहेका र निर्माणाधीन विभिन्न विद्युत सम्बन्धी आयोजनाको स्थलगत निरीक्षण अनुगमन गर्नुभएको छ।  एक कार्यक्रमका लागि नेपालगन्जमा आउनुभएका कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले कोहलपुरमा निर्माण गरेर सञ्चालनमा ल्याएको ट्रान्सफर्मर वर्कशप लगायत अन्य आयोजनाको निरीक्षण गर्नुभएको हो।

लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजीवकुमार सिंहका अनुसार कार्यकारी निर्देशक घिसिङले प्रदेश डिभिजन कार्यालय अन्तर्गतका जिल्ला बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम र प्युठानमा बिग्रिएका ट्रान्सफर्मर मर्मत सम्भारका लागि कोहलपुरमा निर्माण गरिएको ट्रान्सफर्मर वर्कशपको विस्तृत रुपमा निरीक्षण अनुगमन गर्नुभयो।

उहाँले आफू नेपालगन्जमा आएपछि कोहलपुरमा ट्रान्सफर्मर वर्कशपको निर्माण गरेर सञ्चालनमा ल्याएको जनाउँदै अहिले डिभिजन कार्यालय अन्तर्गतका ६ जिल्ला मात्र नभई कर्णाली प्रदेशका ट्रान्सफर्मर कोहलपुरमै मर्मत सम्भार भइरहेको बताउनुभयो।

कार्यकारी निर्देशक घिसिङले कोहलपुर ग्रिड, बाँकेको जानकी गाउँपालिका ५ बकसपुरमा कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत रहेको १३२र३३ केभी सबस्टेशनको निर्माणस्थलको स्थलगत निरीक्षण अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा उहाँले आयोजनाको काममा तीव्रता दिन निर्देशन दिनुभयो। उहाँले सो अवसरमा जनतालाई गुणस्तरीय विद्युत सप्लाई गर्ने कुरामा विशेष ध्यान दिन निर्देशन दिनुभयो।

Nabintech