२ माघ २०८१, बुधबार
कला र संस्कृतिलाई पर्यटनसँग जोडनु पर्छ- मुख्यमन्त्री आचार्य

  • टाइम्स संवाददाता

  • १ माघ २०८१, मंगलवार १९:१९

कला र संस्कृतिलाई पर्यटनसँग जोडनु पर्छ- मुख्यमन्त्री आचार्य

माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति जोगाउनु सबैको साझा कर्तब्य भएको बताएका हुन ।

‘हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त छ । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन्’शुभकामना सन्देशमा भनिएको छ, ‘लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक मूल्य, मान्यताहरुको संरक्षण, सम्बद्र्धन र प्रबर्धनको माध्यमबाट आर्थिक, सामाजिक विकासको परिकल्पना गरेको छ।

लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले माघे संक्रान्ति माघ पर्व मनाउने चलन छ  ।

थारु समुदायले माघलाई महत्वपूर्ण चाड एवं नयाँबर्षका रुपमामनाउने गर्छन् भने मगर, यादव लगायतका समुदायले बिशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।

Nabintech