९ माघ २०८१, बुधबार
प्रादेशिक महोत्सवको तयारी पूरा, प्रचण्डले उद्घाटन गर्ने

  • टाइम्स संवाददाता

  • ८ माघ २०८१, मंगलवार १९:३४

नेपालगन्ज :  नेपालगन्जमा यही माघ १० गतेबाट सुरू हुन लागेको प्रादेशिक महोत्सव-२०८१ को तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

संघका अध्यक्ष टंक धामीले उद्योग, व्यापार,कृषि,पर्यटन, जडिबुटी,रोजगार,सुचना प्रबिधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले प्रादेशिक महोत्सव २०८१ आयोजना गरिएको बताए । महोत्सवको पुर्बप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार उक्त महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी प्रदर्शनीमा राखिनेछ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्सलका पनि स्टल हुने उल्लेख गर्दै धामीले सूचना तथा विज्ञान प्रविधि सम्बन्धी नविनतम् प्रविधिका साथै उद्यमशाला समेत प्रदर्शनीमा राखिने धामीले सुनाए ।

महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्ग सहितको साँस्कृतिक प्रस्तुती तथा कृषि, पर्यटन ,जडीबुटी ,हस्तकला,अटो मोबाईल्स लगायत ३५० वटा स्टलका साथै सुचना तथा बिज्ञान प्रबिधि सम्बन्धि नबिनतम् प्रदर्शनी, बिदेशी उधमशाला तथा उघोग प्रदर्शनी,थारू भिलेज साथै बिद्यालय स्तरीय नृत्य तारा प्रतियोगिता हुने बताइएको छ ।

महोत्सवमा रोजगार प्रवर्द्धन सम्बन्धी प्रदर्शनी हुने संघले जनाएको छ । महोत्सव आयोजना गर्न एक करोड खर्च हुने र करिव ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवबाट आउने आम्दानी व्यवसायिक हितमा उपयोग गरिने संघले जनाएको छ ।

Nabintech