५ जेष्ठ २०८२, आईतवार
कोहलपुरमा विट पत्रकारिता तालिम सुरु

  • टाइम्स संवाददाता

  • ५ जेष्ठ २०८२, आईतवार १५:३२

कोहलपुर :  सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि बाँकेको कोहलपुरमा आइतवारदेखि विट पत्रकारिता तथा आचारसंहिता विषयक तीन दिने तालिम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना र कोहलपुर नगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको हो।

तालिमको उदघाटन कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले गरेका हुन।
कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख आचार्यले पत्रकारिता पेशालाई व्यवसायिक बनाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले पछिल्लो समय विट पत्रकारिताप्रतिको आकर्षण बढ्दै गएको बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता र सचिब कृष्ण ओलिले स्वागत गरेका थिए।

Nabintech