१३ बैशाख २०८१, बिहीबार
बाँकेमा थप १२ जनाको निधन

  • टाइम्स संवाददाता

  • २० बैशाख २०७८, सोमबार १७:२६

बाँकेमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा बैजनाथ गाउँपालिका ५ कि ३३ वर्षीया महिला हुन् । उनको सोमबार बिहान ६ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । यस्तै कोरोनाबाट मृत्यु हुनेमा नेपालगञ्ज ५ का ४८ वर्षीय पुरुष रहेका छन् । उनको आइतबार राती नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ९ बजेर १० मिनेटमा मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुर १५ का ६० बर्षीय पुरुषको आइतवार राती १ बजे मृत्यु भएको छ । बैजनाथ गाउँपालिका ८ की ६० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतवार राती १ बजेर २० मिनेटमा मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।यता भेरी अस्पतालमा उपचारका क्रममा नेपालगञ्ज ३ का ५१ वर्षीय पुरुषको सोमबार बिहान साढे ३ बजे मृत्यु भएको छ भने भेरी अस्पतालमै बिहान ४ बजे नेपालगञ्ज १ का ६६ वर्षीय पुरुषको मृत्यु भएको ओलीले जानकारी दिएका छन् । भेरी अस्पतालमै बढैयाताल ८ बर्दियाका ४७ वर्षीय पुरुषको सोमबार बिहान साढे ६ बजे कोरोना संक्रमण बाट मृत्यु भएको छ । त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा खजुरा २ का ३२ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिएका छन् । खजुरा गाउँपालिका– ७ कि ३२ वर्षीया महिलाको मृत्यु भएको छ। कोभिड पुष्टि पछि १६ गते भेरीमा भर्ना भएकी उनको आज बिहान ९ः३० बजे मृत्यु भएको हो । यस्तै बाँकेको बैजनाथ गाउँपालिका– ५ कि ३३ वर्षीया महिलाको मृत्यु भएको छ। उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर आज बिहान ६ मृत्यु भएको हो । यस्तै भेरी अस्पतालमा नेपालगन्ज– १९ का ६० वर्षीया महिलाको मृत्यु भएको छ। कोरोनाबाट संक्रमीत ती महिलाको आज दिउसो २ः३० मा मृत्यु भएको हो । संक्रमण पुष्टि भएकी ती महिला आजै अस्पताल भर्ना भएकी थिइन । यो संगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३८ पुगेको छ। यस्तै भेरीमै बर्दिया बढैयाताल गाउँपालिका –८ का ३२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । १४ गते भर्ना भएका उनको आज दिउँसो १ः २० बजे मृत्यु भएको हो । यो संगै बाहिरि जिल्लाका १२३ जनाको मृत्यु भएको छ । योसंगै बाके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

Nabintech