१५ चैत्र २०८०, बिहीबार
कोहलपुरमा पुग्यो लिक्युट अक्सिजनको एक ट्याङ्क

  • टाइम्स संवाददाता

  • २६ बैशाख २०७८, आईतवार १६:१४

बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लिक्युट अक्सिजनको एक ट्याङ्क आईपुगेको छ । अक्सिजन अभावका कारण कोरोनाका विरामीहरुलाई भर्ना नलिईरहेको अवस्थामा भारतबाट अक्सिजन कोहलपुरमा आईपुगेको हो । मेडिकल कलेजमा अक्सिजनको स्टक सकिएपछि अस्पतालले सूचना निकालेर कोरोना संक्रमणको नयाँ संक्रमितको भर्ना रोकेको थियो । कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल कलेजले १ सय ३५ बेड सञ्चालन गरिरहेको र अक्सिजनको चरम अभाव भएको हुँदा अब थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेका थिए । यसअघि भारतबाट आउने गरेको अक्सिजन ट्यांक र अक्सिजन सिलिण्डर आउन नसकेको हुँदा थप बिरामीको भर्ना तथा उपचार गर्न असमर्थ रहेको भन्दै कलेज प्रशासनले सुचना प्रकाशन गरेर संक्रमितको भर्ना लिन बन्द समेत गरेको थियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा. दिनेश श्रेष्ठले एक ट्याङ्कर भनेको बढीमा १५ सय सिलिण्डर भएको बताउँदै हरेक दिन तीन सय बढी सिलिण्डर खपत भएको अवस्थामा बढीमा एक हत्ता चल्ने बताएका छन् । साथै सिलिण्डर र लिक्विड पाईप लाईन दुबै प्रबिधि अपनाएर पनि उपचारको दायरा बढाउने तयारी गरिएको उनले बताएका छन् ।

Nabintech