१६ चैत्र २०८०, शुक्रबार
जाजरकोटमा सक्रिय संक्रमित ३ सय ५ जना

  • टाइम्स संवाददाता

  • ३० बैशाख २०७८, बिहीबार १७:२२

जाजरकोट जिल्लामा कोरोना भाईरसका हाल सक्रिय संक्रमित ३ सय ५ जना रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिएका छन् । पिसीआर विधिबाट गरिएको परिक्षणमा ७५ र एन्टिजेन विधिबाट गरिएको परिक्षणबाट पहिचान भएका २ सय ३० जना गरी हाल ३ सय ५ जना संक्रमित सक्रिय रहेको उनले बताएका छन् । जिल्लाहालसम्म ६ हजार ५ सय ८६ जनाको पिसीआर परिक्षण गरिएकोमा १ सय ८६ जनामा संक्रमण पृष्ठि भएको छ भने १ सय ११ जना कोरोनालाई जितेर डिस्चार्ज भएको छ । त्यस्तै जाजरकोटमा १ हजार ९७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ३ सय ७२ जनामा संक्रमण पृष्टि भएको छ भने १ सय ३५ जना डिस्चार्ज भएका छन् । यसका साथै होम आइसोलेसन तथा अस्तपालहरुमा २ सय ३० जना संक्रिय संक्रमितहरुले स्वास्थ्य लाभ लिईरहेका छन् भने जिल्लामा दुई जनाको कोरोना भाईरसका कारण निधन भएको छ । उसका साथै आज एन्टिजेन विधिबाट गरिएको परिक्षणमा आज ७ जनामा संक्रमण पृष्टि भएको छ भने ३७ जना डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिएका छन् ।

Nabintech