७ बैशाख २०८१, शुक्रबार
नेपालगञ्ज मेडिकल कलेजमा एक महिनामा ३७४३ मा संक्रमण पृष्टि ८४ जनाको निधन

  • टाइम्स संवाददाता

  • ५ जेष्ठ २०७८, बुधबार १८:३८

बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडकल कलेजमा बैशाख ३ गतेदेखि जेठ २ गते सम्म ३ हजार ७ सय ४३ जनामा संक्रमण पृष्टि भएको भने ८३ जना कोरोना संक्रमितको निधन भएको छ । कोरोना भाईरसका बिरामीहरुको उपचार गरीरहेको नेपालगञ्ज कलेज शिक्षण अस्पताल कोहलपुरमा एक महिनाको अवधिमा ८३ जना कोेरोना संक्रमितको निधन भएको छ । साथै अस्पतालले सो अवधिमा ५६ हजार पिसिआर परिक्षण गर्दा ३ हजार ७ सय ४३ जनामा संक्रमण पृष्टि भएको नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनौडियाले बताएका छन् । कोरोना भाईरसको संक्रमण भई अस्पतालमा सो अवधिमा ५ सय ५० जना विरामहीहरु भर्ना भएकोमा ३ सय १६ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालले कोरोना संक्रमित एक जनाको डायलाइसिस, २ जनाको जटिल शल्याक्रिया र १२ जनाले प्रसुति सेवा लिएकी छिन् । यस साथै कोरोनाका गम्भिर बिरामीहरुलाई शिक्षल अस्पताल कोहलपुरमा बेड र आइसियू आवश्यक परेमा ९८४५६३५८८३ र ९८४५६३५८८७ मा सम्पर्क गर्न सकिने नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनौडियाले जानकारी दिएका छन् ।

Nabintech