१२ बैशाख २०८१, बुधबार
बाँकेमा ५२८ थपिए, ४७५ डिस्चार्ज, थप १२ जनाको निधन

  • टाइम्स संवाददाता

  • ६ जेष्ठ २०७८, बिहीबार १६:४०

बाँकेमा कोरोना भाईरसका ५ सय २८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको कुल ७ सय ८० जना मध्ये ४ सय ६१ र बागेश्वरी ल्याबमा १ सय ४७ जनाको परिक्षण गर्दा ६३ जना गरी बाँकेमा ५ सय २८ जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएका मध्ये बाँकेका १ सय ८८ जना रहेका छन् भने बाहिरी जिल्लाका ३ सय ४० जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज अ‍ोलीले बताएका छन् । आज थप भएका संक्रमित सहित बाँकेमा हालसम्म १६ हजार ४ सय ३४ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै आज २ सय ३१ महिला र २ सय ४४ जना पुरुष गरी ४ सय ७५ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १३ हजार ६ सय ८६ जनाले कोरोना भाईरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका २ हजार १ सय ४९ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ५८ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय २० जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँके जिल्लामा ४ सय ७४ जनाको बाँकेमा निधन भएको छ ।
बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु
बाँकेको विभिन्न अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार ५ बजे साँझदेखि बिहीबारसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके र बर्दिया ४, १÷१ जना दाङ र कैलालीका छन् । भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँकेकी २८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेकै ८५ वर्षीय पुरूष, जानकी गाउँपालिका–३ की ४४ वर्षीया महिला, राप्तिसोनारी गाउँपालिका–६ बाँकेकै ५४ वर्षीय पुरुष र खजुरा गाउँपालिका–४ बाँकेकै ७५ वर्षीय पुरूष नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका–४ बर्दियाका ४२ वर्षीय पुरूष, बढैयाताल गाउँपालिका–८ बर्दियाका ४५ वर्षीय पुरूष, गुलरिया नगरपालिका–४ बर्दियाकी ६१ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–७ बाँकेकी ६३ वर्षिय महिला र बढैयाताल गाउँपालिका–५का ४० वर्षीय पुरूषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–३, दाङका ६५ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–४, कैलालीका ४५ वर्षीय पुरूषको मृत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५९ पुगेको छ भने अन्य जिल्ला बाहिरका २१५ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

Nabintech