१३ बैशाख २०८१, बिहीबार
कोडिभ खाद्य बैंकलाई पाण्ड्यको सहयोग

  • टाइम्स संवाददाता

  • १२ जेष्ठ २०७८, बुधबार १९:२४

बाँकेको कोहलपुरमा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरलाई कोहलपुर जेसीज वर्ष २०२१ अध्यक्ष राम पसाद पाण्ड्यले आर्थिक सहयोग गरेका छन् । कोहलपुर जेसीज २०२१ का अध्यक्ष एवं माता मनकामना आयुर्वेदका संचालक श्री राम प्रसाद पाण्ड्यले कोभिड बैंक कोहलपुरलाई १० हजार अािर्थक सहयोग गरेका छन् । कोहलपुरका सामाजिक कार्यहरुमा सकृय युवाहरुद्धारा स्वस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका वर्ग एवं सामुदायसम्म पुगि केही राहत स्वरुप खाद्यन्न सामाग्रीहरु उपलब्ध गराउने पवित्र उद्देश्यका साथ स्थापना गरिएको कोभिड खाद्य बैंकलाई उनले आर्थिक सहयोग गरेका छन् । कोरोना भाईरसको महामारीबाट खाद्यन्न अभाव भएकालाई खाद्यन्न सहयोग पुग्ने लक्ष्यका साथ आर्थिक सहयोग गरिएको अध्यक्ष पाण्ड्यले बताएका छन् । कोभिड खाद्य बैंक कोहलपुरलाई पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरिरहेको कोभिड खाद्य बैंक कोहलपुरका संयोजक प्रदिप भट्टराईले बताएका छन् ।

Nabintech