१६ चैत्र २०८०, शुक्रबार
जिवन ज्योती स्कुल द्धारा राहात कोषमा ४० हजार बरावर खाद्यान्न सहयोग

 चुलो नबेले आफुहरु लाई खवर गर्न माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेको अग्रह


  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०७८, आईतवार १८:२४

 

जिवन ज्योती स्कुल कोहलपुर १० ले नेकपा माओवादी केन्द्र कोहलपुरले सञ्चालन गरेको राहात कोषमा ४० हजार बरावरको खाद्यान्न सहयोग गरेको छ । स्कुलले बिपन्नहरुका लागी सञ्चालीत राहात कोषमा ४० हजार बरावारको ३० बोरा चामल सहयोग गरेको जिवन ज्योती स्कुललका लेखा अधिकृत कल्याण तिमल्सेनाले जानकारी दिए । स्कुललका प्रिन्सीपल फादर जोमन जेम्सले स्कुलले गुणस्तरीय शिक्षाका साथ साथै बिपन्नहरुका लागि बिभिन्न खाले सहयोग गर्दै आएको बताए । उनका अनुसार जिवन ज्योति स्कुलले कोहलपुरमा सञ्चालीत खाद्य बैकका ५० बोरा चामल , कोहलपुर नगरपालिको समाजिक बिकास शाखा मार्फत बाल बालिका तथा बृद्ध बृद्धा पौष्टिक आहार तथा स्वाथ्य समाग्रि र कोहलपुरमा सञ्चालीत कोभिड अस्पताल र ईलाका प्रहरी कार्यालय कोहलपुर लाई लाखौ मुल्यको स्वाथ्य समाग्रि समेत बितरण गरि सकिएको जानकारी दिए । उनले स्कुलमा बिद्यार्थिहरुको तर्फ बाट र स्कुलका तर्फ बाट छुटा छुटै सहयोग कोष सञ्चालन गरिएको समेत जानकारी दिए । माओवादी केन्द्र कोहलपुरले हुने खानेले हुदा खानेहरुका लागि सहयोगका लागि भन्दै राहात कोष सञ्चालन गरेको छ । पहिलो चरणमा आफ्ना कार्याक्रताहरुबाट झण्डै ३ सय बोरा चामल बितरण गरि सकिएको माओवादी केन्द्र कोहलपुरका संयोजक तुला राज बिष्ट बिहानीले जानकारी दिए । माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले पार्टीको तर्फ बाट सञ्चालीत राहात कोषमा सहयोगका लागि सबै लाई अपिल समेत गरेका छन । लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादरीमा काम गरेर खाने मजदुर , एकल असाहाय महिला तथा पुरुष , अपाङ र बिपन्न समुदाय लाई लक्षित गरि राहात संकलन तथा बितरण भई रहेको समेत उनले जानकारी दिए । महामारीको समयमा चुलो नबले आफुहरु लाई खवर गर्न नेता न्यौपानले आग्रह गरे ।

Nabintech