१४ बैशाख २०८१, शुक्रबार
तीन हजार ८७० थपिए, छ हजार ५७० कोरोनामुक्त, १०८ को मृत्यु

  • टाइम्स संवाददाता

  • २५ जेष्ठ २०७८, मंगलवार १७:४९

नेपालमा कोरोनाभाइरसका तीन हजार ८७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ६५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ९५ हजार ३६४ पुगेको छ । सोही अबधिमा पाँच हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार २८३ को रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ हजार ५७० सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा पाँच लाख चार हजार ५३० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । निको हुने दर ८४.७ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०८ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ । हालसम्म आठ हजार ९८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Nabintech