१२ बैशाख २०८१, बुधबार
बाँकेमा ४२ जना थपिए, ११ डिस्चार्ज, थप तीन जनाको निधन

  • टाइम्स संवाददाता

  • १ असार २०७८, मंगलवार १७:५८

बाँके जिल्लाका तीनवटा प्रयोगशालामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १४८ नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा ८६ नमूना परीक्षण गर्दा ३२ जना, बागेश्वरी ल्याबमा १६ नमुना परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ४६ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्ये ११ जना बाँकेका छन् । ७ जना महिला र ४ जना पुरुष गरि जिल्लाका थप ११ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८२ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ३९५ जनामा संक्रमण पृष्टि भएको छ । साथै आज बाँके जिल्लाका ११ जना डिस्चार्ज भएका छन् । ७ जना महिला र ४ जना पुरुष भएसँगै बाँके जिल्लामा हालसम्म १६ जार ८ सय ८७ जना कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेकाको संख्या १५० र अस्पताल र आइसोलेस सन्टेरमा ८७ जना रहेका छन् । त्यस्तै ७ जना भेन्टिलेटर र ५४ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
कोरोनाबाट बाँकेमा तीन जनाको ज्यान गयो
बाँकेमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरी तीन जनाको मृत्यु भएको हो । कोहलपुर ३ बाँकेका ४८ वर्षीय पुरुष, गेरुवा ६ बर्दियाका ४८ वर्षीय पुरुष र ब्यास गाउँपालिका ३ दार्चुला ६८ वर्षीय पुरुष को मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३०९ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ४० जनाको मृत्यु भएको छ ।

Nabintech