४ आश्विन २०८१, शुक्रबार
भारतमा अक्टोबरसम्ममा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी

  • टाइम्स संवाददाता

  • ५ असार २०७८, शनिबार ०७:१५

भारतमा आउँदो अक्टोबरसम्ममा कोरोना भाइरसकाे तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रणमा आएका बेला स्वास्थ्य विज्ञले फेरि तेस्रो लहरको जोखिम रहेको चेतावनी दिएका हुन् । तर, कोरोना विरुद्धको खोपका कारण तेस्रो लहरको असर केही कम पर्ने अनुमान गरिएको छ । तेस्रो लहरमा बालबालिका र १८ वर्षभन्दा कम उमेर समूहकालाई जोखिम धेरै हुने अनुसन्धानले देखाएको छ । बालबालिकालाई हुन सक्ने जोखिम रोक्ने तयारी भइरहेको भारत सरकारले जनाएको छ । भारतमा गएको २४ घण्टामा ६० हजार ८ सय नयाँ सङ्क्रमित भेटिएका छन् भने यही अवधिमा कोरोनाका कारण १२ सय ६९ जनाको ज्यान गएको छ ।

Nabintech