१३ बैशाख २०८१, बिहीबार
आई एम ई लाईफ इन्स्योरेन्स कोहलपुर शाखाद्वारा तीन दिनमै २० लाखको मृत्युुदावी भुक्तानी

  • टाइम्स संवाददाता

  • ९ असार २०७८, बुधबार १७:३०

आई.एम.ई. लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार मृत्युुदावी भुक्तानी गरेको छ । बिमा गरेको एक वर्ष पूरा नहुदै कोहलपुर ५ का ३४ वर्षिय लक्ष्मण कुमार थापाको गत बैशाख २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । निधन पछिको १३ दिने काजकिरिया लगतै मृतककी श्रीमती हिमा न्यैपानेले बिमा रकम भुक्तानी गरेको र त्यसको ३ दिनभित्रै मृत्युुदावी भुक्तानी दिएको एजेन्सी म्यानेजर देबेन्द्र पौडेलले जानकारी दिए । बिमामा आउनुपर्ने रकम समयमै नआउने, कागजी कामकाज लामो र झन्झटिलो हुने जस्ता अफहवाका कारण बिमा प्रति वितृष्णा बढिरहेको अवस्थामा आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनीले तिन दिनमै मृत्युुदावी भुक्तानी दिएर बिमा प्रतिको विश्वास कायम राख्न सफल भएको पौडेलले बताए । कार्यक्रममा बोल्दै आई एम.ई.लाईफ. इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले कम्पनीका सबै काम डिजिटल माध्यममाबाट हुने कुरा जानकारी गराउदै आउँदो दिनमा अनलाईनको माध्यमबाट दाबिकर्ता आफैले घरैबाट नै भुक्तानी लिने ब्यवस्था मिलाईने बताए ।

Nabintech