६ बैशाख २०८१, बिहीबार
नाै हजार भन्दा बढी संक्रमितकाे मृत्यु, थप एक हजार ३५३ संक्रमित थपिए

  • टाइम्स संवाददाता

  • १३ असार २०७८, आईतवार १८:४२

पछिल्लो २४ घण्टामा थप एक हजार ३५३ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै, तीनहजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४२४ जना रहेका छन् । काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना गरी ४२४ जना काेराेना भाइरसका नयाँ क्रमित भेटिएका पुष्टी भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या तीनहजार सात रहेको छ । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा पाँच लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लाे २४ घण्टामा ३४ जना विरामी मृत्यु भएको छ । याेसँगै अहिलसम्म नाै हजार नाै जनाको मृत्यु भएको छ ।

Nabintech